झापा । झापा जिल्ला सहकारी संघमा रोजगारी खुलेको छ । कार्यालय सहयोगी एक जना महिलाका लागि आवेदन खुलाइएको हो । चतुर्थ तहको एक जना महिलाका लागि संघले आवेदन मागेको हो । एसईई वा एलसी पास गरेको १८ वर्ष भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउँनेछन् ।
साउन १७ गतेसम्म आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । हस्तलिखित निवेदन, पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपि चाहिने सूचनामा उल्लेख छ । स्थानीयलाई प्राथमिकता दिने र मौखिकरुपमा छनोट हुने संघले जनाएको छ ।
Leave a comment