काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले रोजगारीका लागि आवेदन माग गरेको छ । संस्थाले चौथो तहको सहायक (फ्रन्ट डेस्क) मागेको हो । व्यवस्थापन संकायतर्फ स्थानतक तह उतीर्ण र कम्प्युटर प्रविधिमा राम्रो ज्ञान भएका व्यक्तिले आवेदन दिन पाउँनेछन् ।
१८ वर्ष पुराभई ३५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउने जनइएको छ । छोटो सूचीमा परेका उम्मेदवारलाई मात्रै छनौट प्रक्रियाका लागि बोलाइने संस्थाले जनाएको छ । तलब तथा अन्य सेवा सुविधा संस्थाको नियमाअनुसार हुने सूचनामा उल्लेख छ ।
Leave a comment