विराटनगर । ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले कृषकहरुका लागि कृषि ओैजारहरु बितरण गरेको छ । सहकारीले एक कार्यक्रमको आयोजना गरेर सामाग्री वितरण गरेको हो । हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धनको किसानहरूलाई लक्षित गर्र्दैे च्यापकटर, मिल्क क्यान, गाई, भैसी, गोठ निर्माणका लागि चेक हस्तान्तरण गर्नुका साथै कृषकहरुका लागि सामाजिक परिक्षण कार्यक्रम गरेको सहकारीले जनाएको छ।
कृषि मन्त्रालय को सहयोगमा ग्राम लक्ष्मी ले कृषक हरु लाई कृषि पेशाका लागि च्याप कटर ६० दुघ बोक्ने क्यान १ सय १० जना लाई र गाई १० जना कृषक हरु लाई विभिन्न प्रकार को कृषि सामग्री हरु बितरण गरेको सहकारीका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए ।
संस्थाले रंगेली ७ मा रहेको आफ्नै भवनामा सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख आतिथ्य उपमेयर भुमा पराजुलीको रहेको थियो । कार्यक्रममा बोल्दै पराजुलीले कृषकलाई वितरण गरेको प्रविधिले उत्पादनमा वृद्धि हुने बताउँदै प्रविधिको विकासले कृषकलाई खेति गर्न पनि सहज हुने बताईन ।
कार्यक्रममा महाशाखा प्रमुख, कृषि मंत्रालयका पशुपंक्षी विकासका डाक्टर दिपा दिवाली , विभिन्न वडाका वडा अध्यक्ष , स्थानीय ,कृषक, बुद्धिजीवी , समाजसेवी संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियोे।
Leave a comment