राष्ट्रसेवक बहुमुखी सहकारीको मोवाईल एप्स सञ्चालनमा

राष्ट्रसेवक बहुमुखी सहकारीको मोवाईल एप्स सञ्चालनमा :: Sahakari Akhabar

चीना थापा, विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको २५ औं स्थापना दिवसको अवसरमा मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । शेयर सदस्यहरु कार्यालयसम्म धाउन नपर्ने गरी सहकारीका हरेक कारोवार एप्सबाट नै जानकारी दिने उदेश्यले एप्स सञ्चालनमा ल्याएको सहकारीले जनाएको छ । बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी सहकारीले स्थापना दिवस मनाएको थियो । सोही अवसरमा मोवाईल एप्स पनि सार्वजनिक गरेको हो ।

सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश सहकारी रजिष्टार कार्यालयका निमित रजिष्टार हरि बहादुर खत्रीले बहुमुखी सहकारी भएकाले अव व्यवसायिकतामा जानुपर्ने बताएका छन् । सहकारी जुन प्रकृतिको भएपनि बचत तथा ऋणको नै कारोबार गरिरहेको सहकारीले अव उत्पादनका क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

सहकारी आफ्नो सिद्धान्त अनुसार नै चलिरहेको अवस्थामा व्यवसायिकता तर्फ जाने हो भने अझ उत्कृष्ट हुने उनको भनाई छ । राष्ट्रसेवक कर्मचारीहरुको सहकारी भएकाले उनीहरुको हित हुने खालका व्यवसाय सञ्चालन गर्न सकिने खत्रीले बताए ।

स्थापना दिवसमा अवसरमा सहकारीको प्रगति प्रतिवेदन सहकारी अध्यक्ष काफ्लेले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार सहकारीको निक्षेप २६ करोड ३६ लाख ६७ हजार २९० रहेको छ भने शेयरपूंजी ५ करोड ९२ लाख ४१ हजार २ सय रहेको छ । कोष हिसाब २ करोड ५ लाख ७१ हजार ८ सय रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीले २६ करोड ९७ लाख २६ हजार ४७२ रुपैया ऋण लगानी गरेको छ ।

अध्यक्ष काफ्लेका अनुसार सहकारीले राष्ट्रिय सहकारी बैंकबाट १ करोड ऋण लिएर शेयर सदस्यहरुलाई लगानी गरेको छ । सहकारीले ग्यास डिल्लर राखेको छ, त्यसबाट २१ लाख ४४ हजार ३३६ रुपैया आम्दानी गरेको छ । शेयर सदस्यको परिवारमा समस्या पर्दा सहयोग गर्ने उदेश्यले परिवार राहत कोषमा १९ लाख ५३ हजार २६९ रुपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले कोष विभाजन बाहेक ६२ लाख ३७ हजार ४६६ रुपैया खुद नाफा कमाएको छ । ८ लाख ५९ हजार ४३५ रुपैया नगद मौज्दात रहेको सहकारीको बैंक मौज्दात ५ करोड ३८ लाख ९ हजार २२३ रुपैया रहेको प्रगति प्रतिवेदनमा जनाईएको छ ।

सहकारीको स्थिर सम्पति २ करोड ७६ लाख २७ हजार ३९६ रुपैया स्थिर सम्पति रहेको छ । प्रगति प्रतिवेदनका अनुसार सहकारीको कूल सम्पति दायित्व ३६ करोड ५७ लाख ५४ हजार ६५६ रुपैया रहेको छ । सहकारीले ३ करोड ७६ लाख ७० हजार ७७७ रुपैया १७ पैसा आम्दानी गरेको छ ।

सहकारीले १८ लाख ४८ हजार ९ सय रुपैया राजश्व तिरेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा सहकारीले भवन निर्माणको तीन तल्ला ढलान सम्पन्न गरेको छ । सहकारीले आफ्नै भवनि निर्माण गरिरहेको छ भने विराटनगर १९ मा ९ कट्ठा जग्गा किनेको जनाएको छ । तीन कट्ठा जग्गामा भवन निर्माण भईरहेको अध्यक्ष काफ्लेले बताए ।

सहकारीले सहकारी शिक्षाका कार्यक्रमहरु, सहकारीको वर्तमान अवस्था चुनौति रसम्भावना विषयक बृहत अन्तरक्रिया, क्षमता अभिवृद्धि तालिम सञ्चालन, अनलाईन सफ्टवेयर मार्फत कारोबार र कारोबारको एसएमएस सेवा सञ्चालन गरेको सहकारीले जानकारी दिएको छ ।



Leave a comment