काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्था १४औं वर्षमा प्रवेश गरेको छ । १३ वर्षअघि ५ लाख रुपैयाँबाट सुरु भएको सहकारीको हाल शेयर पुँजी २ करोड र कारोबार रकम १५ करोड र सेयर सदस्य ४ हजार ५ सय जना पुगेको संस्थाले जनाएको छ ।
संस्थाले विभिन्न कार्यक्रमका साथ १४ औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा संस्थाले रानीवन निक्षेप संकलन केन्द्रको औपचारिक सुरुवात गरेको छ । माघ १६ गतेबाट कारोबार सुरु भएको केन्द्रले हालसम्म ३ सय ७० सदस्यबाट एक करोड रुपैयाँ कारोबार गरिसकेको संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले जानकारी दिइन् ।
संस्थाले वित्तीय कारोबारका साथसाथै सदस्यहरुलाई आर्थिक, सामाजिक, पारिवारिक र व्यवहारिक ज्ञान समेत दिदै आएको अध्यक्ष बलामीले बताइन् । स्थापना दिवसकै अवसरमा संस्थाले दाम्पत्य गोष्ठी पनि गरेको छ । समाज परिवर्तन गर्न पारिवारिक सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न र दाम्पत्य गोष्ठी गरिएको अध्यक्ष बलामी बताउँछिन् ।
‘हामीभित्र रहेको परिवार खुसीसाथ अघि बढाउँदै संस्कार विकास र स्वस्थ बनाउन यस्ता कार्यक्रमले सघाउँछ’ उनले भनिन् । नागार्जुन नगरपालिका मात्रै कार्यक्षेत्र रहेको उपासनाले आगामी दिनमा यस नगरपालिकासँग जोडिएका अन्य नगरपालिका र महानगरपालिकासमा समेत कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको अध्यक्ष बलामी बताउँछिन् ।
Leave a comment