काठमाडौं । साउन तेस्रो साता ‘काठमाडौं साकोस समिट–२०७९’ आयोजना हुने भएको छ । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को आयोजनामा हुन लागेको कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्याका अतिरिक्त नेतृत्व विकास, नीतिगत ब्यवस्था तथा जोखिम व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुती तथा छलफल हुने आयोजकले जनाएको छ ।
साउन २१ गते हायात रिजेन्सी होटलमा तय गरिएको कार्यक्रमका लागि संघका उपाध्यक्ष नवराज अर्यालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । तीन सय भन्दा बढि संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रममा नेतृत्व विकास, नीतिगत व्यवस्थापनका साथै सहकारी व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत हुने संयोजक अर्यालले जानकारी दिए ।
‘संस्थालाई चिठी पठाउने लगायतका तयारी गरिरहेका छौं’ संयोजक अर्यालले भने, ‘पछिल्लो समयमा सहकारीमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधान गर्न समिटले टेवा पुग्ने विश्वास छ ।’
Leave a comment