बागलुङ । एकता सहकारी संस्था लिमिटेड बागलुङ २४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले २४ औं स्थापना दिवस शनिबार एक कार्यक्रमका बिच मनाएको छ ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा संस्थाका सल्लाहकार अमर थापाले गरेका थिए । थापाले सहकारीको संख्या वृद्धि गर्नुभन्दा सहकारी सहकारी बिच एकिकरण गरी राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताए ।
उनले सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएको हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा संस्था संरक्षक देवबहादुर श्रेष्ठ, पद्यचन्द राजभण्डारी, सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, प्रमिला राजभण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले स्थापना दिवसको अवसरमा शैक्षिक संस्था तर्फ धारा उच्च मा.वि तंग्राम, सामाजिक संस्था तर्फ नेत्र ज्योती संघ र धार्मिक क्षेत्र तर्फ गौरीधाम मन्दिरलाई भौतिक साम्रागी सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव महेन्द्र प्रसाद कंडेलले सञ्चालन तथा सहसचिव सुनिता पुरीको स्वागत गरेका थिए ।
एकता सहकारी संस्थामा हालसम्म १४०० जना शेयर सदस्य, १० करोड शेयर, ३ करोड, कोष, २४ करोड बचत, २८ करोड ऋण रहेको संस्थाका प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी दिए ।
संस्थाले रेमिटेन्स, मोबाइल बैकिङ, इसेवा सञ्चालन र विभिन्न ठाँउमा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको राजभण्डारीले बताए ।
Leave a comment