हाइलाइट

हाम्रो चित्रवन साकोसद्धारा एटिम भिषा कार्ड संचालन

हाम्रो चित्रवन साकोसद्धारा एटिम भिषा कार्ड संचालन :: Sahakari Akhabar

भरतपुर । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाले एटिएम भिषा कार्ड संचालनमा ल्याएको छ ।संस्थाले कृष्णपुरमा रहेको चित्रवन सेवाकेन्द्रबाट असार २९ गते देखी एटिएम भिषा कार्ड संचालनमा ल्याएको हो ।

भरतपुर ७ स्थित चित्रवन सेवाकेन्दमा एक औपचारिक कार्यक्रम गरि एटिएम भिषा कार्ड संचालनमा ल्याएको जानकारी गराएको हो । संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उद्धघाटन गरेका थिए ।

कर्यक्रममा अतिथि चितवन जिल्ला बचत संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रर्वद्धन शाखा अधिकृत रामबाबु पौडेल, भरतपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष तथा संस्थाका पुर्व अध्यक्ष राजेन्द्रमणी काफ्लेको उपस्थिति रहेको थियो ।

त्यसैगरी चितवन जिल्ला बचत  तथा ऋण सहकारी संघका सचिव एवं सस्थाका पुर्व अध्यक्ष रामराज पौडेल सनराईज बैक नारायणगढ शाखा प्रमुख रोहित महासेठ लगायतले शुभकामना व्यक्त गरेका थिए । सस्थाका उपाध्यक्ष अनिलराज पौडेलले स्वागत तथा सचिव कृष्णप्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए ।



Leave a comment