हाइलाइट

सहकारीको क्षेत्रमा योगदान दिने व्यीक्तत्वहरुलाइ राष्ट्रसेवक सहकारीको सम्मान

सहकारीको क्षेत्रमा योगदान दिने व्यीक्तत्वहरुलाइ राष्ट्रसेवक सहकारीको सम्मान :: Sahakari Akhabar

विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. विराटनगरले आफ्नो २५ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सहकारीको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सहकारीले सहकारीको क्षेत्रमा योगदान दिने अग्रजहरुलाई सम्मान गरेको हो ।

राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. विराटनगर मार्फत सञ्चालन हुने गरी स्थापित अक्षयकोषबाट प्राप्त व्याजबाट विभिन्न  व्यीक्तहरुलाई सम्मान गरिएको हो । स्व. दधिराम दाहाल स्मृति अक्षयकोषबाट सुनसरीका केदार प्रसाद न्यौपान्ने  सम्मानित भएका छन् ।

लामो समयदेखि संगठन र राष्ट्रसेवक बहुमुखी सहकारीको  नेतृत्व गर्दै निजामती सेवाबाट अवकास भएपछि पनि सहकारी आन्दोलनमा निरन्तर लागिरहेको भन्दै उनलाई सम्मानित गरेको सहकारीले जनाएको छ । न्यौपान्नेलाई ११ हजार ५५५ रुपैया पुरस्कार राशिसहित सम्मानित गरिएको थियो ।

त्यसैगरी स्व. हिरण कुमार थापा स्मृति अक्षयकोषबाट कृष्ण प्रसाद भण्डारी ‘मार्सैली’ सम्मानित भएका छन् । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. मोरङको पूर्व सञ्चालक तथा समाजसेवी समेत रहेका उनलाई पनि  ११ हजार ५५५ रुपैया पुरस्कार राशिसहित सम्मान  गरिएको थियो ।

त्यस्तै स्व. किशोरी खतिवडा स्मृति अक्षयकोषबाट विराटनगरकी कल्पलता निरौला सम्मानित भएकी छिन् । लामो समय निजामति सेवा, संगठन र सहकारीमा रहेर महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई १५ हजार ५५५ रुपैया राशिसहित सम्मान गरिएको थियो ।

राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. विराटनगर मोरङका अध्यक्ष जीवन काफ्लेका अनुसार सहकारीले साउन ४ गते आफ्नो २५ औं स्थापना दिवस मनाउँदै छ । कार्यक्रममा राष्ट्रसेवक सहकारीको विकासक्रम, बर्तमान अवस्था र चुनौति र सम्भावनाको विषयमा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, पाँचथर लगायत प्रदेश १ का राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि.मा आवद्ध शेयर सदस्य तथा नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. भनेको नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको सहकारी हो । निजामती कर्मचारी संगठनमा आवद्ध राष्ट्रसेवक कर्मचारीहरु सहकारीमा आवद्ध हुने गरेका छन् ।



Leave a comment