झापा । थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको नयाँ नेतृत्व चयन भएको छ । संघको प्रारम्भिक साधारणसभाले महेन्द्रकुमार गिरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।
४ वर्षे कार्यकालमा रहने समितिको उपाध्यक्षमा टिकादत्त वन र सचिवमा प्रेम सापकोटा चयन भए । यसैगरी सञ्चालकहरुमा केवलीराम आचार्य, चित्रमान प्रधान, वीरेन्द्र यादव, सन्तोषकुमार मण्डल, रुकमणि कार्की र नविन खरेल सर्वसम्मत भएका छन् ।
संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा अमृत गुरुङ र सदस्यमा गोपाल पौडेल तथा हरिकृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।
प्रदेश १ का ३६ वटा प्रारम्भिक सहकारी संस्थाले १ करोड ३६ लाख रुपैयाँ पुँजी संकलन गरी थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ स्थापना गरेका थिए । संघले विभिन्न सामानको बजार प्रवद्र्धन पनि सुरु गरिसकेको छ ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा प्रदेश १ का इन्चार्ज गणेश ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
Leave a comment