विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङको आयोजनामा साकोस गोष्ठी हुने भएको छ । पथरी शनिश्चरेको शीन भिलेज पार्टी प्यालेसमा असार १८ र १९ गते हुने साकोस गोष्ठीमा ५ वटा कार्यपत्रहरु प्रस्तुत हुने संघका अध्यक्ष सोमनाथ निरौलाले जानकारी दिए ।
मोरङ जिल्लाभरका साकोसहरुको सहभागिता रहने साकोस गोष्ठीमा नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली, नेफ्स्कुनका महासचिव दामोदर अधिकारी, कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष ताराबहादुर काफ्ले, राष्ट्रिय सहकारी बैङ्क लि.का प्रमुख कार्यकारी अधिकृत सि.ए. बद्रीकुमार गुरागाई र डिग्री क्याम्पस विराटनगरका प्राध्यापक डा.अर्जुन बरालले कार्यपत्रहरु प्रस्तुत गर्ने जनाईएको छ ।
संघले पहिलो साकोस गोष्ठी २०७५ को बैशाख ३० र ३१ गते सम्पन्न गरेको थियो । नौ बुँदे घोषणापत्र जारी गरेको थियो । २०७५ को घोषणा पत्रमा तीन तीन बर्षमा साकोस गोष्ठीको आयोजन ागर्ने उल्लेख थियो । २०७८ मा गर्नुपर्ने कार्यक्रम कोरोनाको कारण अहिले गर्न लागिएको संघका सचिव एकराज निरौलाले जानकारी दिए । गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको निरौलाले बताए ।
Leave a comment