विराटनगर । जिल्ला सहकारी संघ लि. मोरंगको आयोजना तथा राष्ट्रीय सहकारी बैंकको प्राबिधिक सहयोगमा ‘सहकारीमा खाताबन्दी तथा कर ब्यवस्थापन’ बिषयक १ दिवसिय तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष डिल्ली पोखरेललेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेललेको प्रमुख आतथ्यतामा भएको तालिमको समापनमा बोल्दै उपाध्यक्ष पोखरेलले हाल सहकारी अभियानमा देखापरेका समसामयिक बिषयमा प्रकाश पार्दै सरकारले बजेट मार्फत सहकारीमा भएको करको दर बृद्धीप्रती खेद प्रकट गरे ।
महासंघले सरकार समक्ष कुरा राखी समस्या समाधान गर्न प्रयास गरिरहेको पनि उनले जानकारी दिए । पोखरेलले जिल्ला सहकारी संघले आफ्नै तालिम हलमा तालिम संचालन गरेकोमा खुशी ब्यक्त गर्दै संघले आगामी दिनमा तालिम ,गोष्ठी ,सेमिनारमा निरन्तरता दिन समेत निर्देशन दिए ।
उपाध्यक्ष पोखरेलले तालिमको उपलब्धीहरुमा प्रकाश पार्दै तालिम फलदायी हुनेमा बिश्वास व्यक्त गरे । तालिममा २७ वटा संस्थाका ३३ जना सहभागी रहेको संघका सचिव राकेश दाहालले जानकारी दिए । तालिमको सहजीकरण सूर्य प्रसाद रिमाल र लेखापरिक्षक लक्ष्मी सापकोटाले गरेका थिए ।
Leave a comment