हाइलाइट

सहकारीलाई उत्पादन र उद्यशीलतामा जोड्नुपर्छ : खड्का

सहकारीलाई उत्पादन र उद्यशीलतामा जोड्नुपर्छ : खड्का :: Sahakari Akhabar

तुलसीपुर । तुलसीपुर उपमानगरपालिकाका प्रमुख टीकाराम खडकाले सहकारीलाई उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । राप्ती बचत ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाको उद्घाटन गर्दै नगरप्रमुख खडकाले अर्थतन्त्रको तीन खम्बे अर्थ नीतिअन्तर्गत सहकारीलाई आय आर्जन र सीपको विकासमा लगाउनुपर्ने बताए ।

सहकारीमार्फत संगठित गर्दै बचत र स्वरोजगारमूलक कार्यक्रम अघि बढाउनका लागि नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको उनको भनाइ छ । संस्थाका अध्यक्ष हेमन्तकुमार योगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला बचत सहकारी संघका अध्यक्ष रुपबहादुर खत्री, जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारी लगायतले मन्तव्य राखेका िथए । कार्यक्रमको सञ्चालन सचिव विनोद पन्तले गरे । कार्यशालामा दाङ, बर्दिया, रुकुम, प्यूठानका ५० जना सहकारीकर्मीको सहभागिता  थियो । 
 



Leave a comment