विराटनगर । एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लेटाङले बाल बचतकर्ताहरुको क्षमता विकासको लागि बक्तित्वकलाको आयोजना गरेको छ । बक्तित्वकलामा ९ जना बाल बचतकर्ता सहभागि भएका थिए ।
संस्थामा रहेका बाल बचतकर्ताहरुको क्षमता विकासका निमित्त आयोजना गरिएको ‘उज्वल भबिष्यका लागि बचतको महत्व’ बिषयक वत्तिृmत्वकला प्रतियोगितामा केराबारी ९ की प्रतिज्ञा राई प्रथम भएकी छिन् । त्यसैगरी द्धितीय लेटाङ २ का प्रज्वल पौडेल, तृतिय केराबारी ९ की सन्जु घिमिरे र सान्त्वना लेटाङ २ का राजेश खड्का भएका छन् । सहकारीले पुरस्कार स्वरुप विजेता विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको थियो ।
Leave a comment