हाइलाइट

बचत संघद्धारा कोपोमिस र गोएएमएल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बचत संघद्धारा कोपोमिस र गोएएमएल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले कोपोमिस र गोएएमएल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघको भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा सहकारीको ३५ बुँदे निर्देशन, कोपोमिस र गोएएमएल विषयमा भक्तपुमा नगरस्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरमा सहकारीहरुले सही मोडेलको परिचय दिन सफल भएको बताइन् । सहकारीको सुशासनका लागि जारी ३५ बुँदे निर्देशन, कोपोमिस र गोएएमएलले सहकारी संस्थालाई अझ सुशासित हुन, सहकारीको तथ्यांकलाई सुव्यवस्थापन गर्न र सहकारीको सम्पत्ती शुद्धिकरण निवारणका अद्यावधी गर्न मद्दत गर्ने बताइन् । उनले सम्पूर्ण सहकारी संस्थाले कार्यान्वनमा लाग्नुपर्ने विचार राखिन । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुत गर्दै निर्देशन सकारात्मक रहेको बताए । निर्देशनमा हाल प्रक्रिया नपु¥याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण अनिवार्य गर्नुपर्ने बताए ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिका बारेमा प्रस्तुती दिएका थिए । उनले गोएएमएलमा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्ने बारेमा समेत प्रस्तुतीकरण गरे । कार्यक्रमका सभापति संघका सचिव एवम् उपसमितिका संयोजक जगनाथ प्रजापतिले सहकारीमा सुशासनकै अभावमा संचालकले घर जग्गामा लगानी, संचालकको स्वार्थ र कर्मचारीको बदमासीले समस्याहरु देखिएको बताए । केही सहकारीले गर्दा सहि ढंगले संचालन गरेका सहकारीलाई पनि लज्जित र अविश्वासको वातावरण सिर्जना भएको बताए । 

कार्यक्रममा भक्तपुर नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी १२४ जनाको सहभागिता रहेको थियो । 



Leave a comment