ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले गोदावरी नगरपालिकाको टौखेलमा सेवा केन्द्र सञ्चालन गरेको छ । शुक्रबार संघका अध्यक्ष रामहरि बजगाईंले सेवा केन्द्रको उद्घाटन गरे ।
सेवा केन्द्रबाट बडिखेल, गोदामचौर, ठैव, ठेचो, झरुवारासीका सहकारी संस्था लाभान्वित हुने बताइएको छ । टौखेलमा हरेक वित्तीय सेवा लिन समस्या भएकाले सेवाकेन्द्र सञ्चालनमा ल्याइएको बजगाईले बताए ।
सहकारीका अन्य संघ र बैंकमा नजोडिएका संस्थाहरुलाई वित्तीय सेवाका साथै यहाँका सहकारीलाई शिक्षा तालिममार्फत सबल सक्षम र दिगो बनाउ संघले प्राथमिकता दिने भएको छ ।
‘संघले बचत संकलन र ऋण लगानी मात्रै गर्दैन, संस्थाको क्षमता विकासका लागि योगदान गर्छ’ अध्यक्ष बजगाईले भने ।
सेवा केन्द्र खुलेपछि सहकारी संस्थाहरु उत्साहित भएको र पहिलो दिनमै ४ करोडको कारोबार भएको संघका व्यवस्थापक सन्तोष बजगाईंले जानकारी दिए ।
संघमा जिल्ला भरका ५ सय २८ सदस्य संस्था आवद्ध छन् ।
Leave a comment