हाइलाइट

सामूहिक साकोसद्धारा मन्दिर सरसफाई 

सामूहिक साकोसद्धारा मन्दिर सरसफाई  :: Sahakari Akhabar

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले स्थानीय मठ मन्दिर सरसफाई गरेको छ । संस्थाले जेठ ३१ गते मंगलबारका दिन भक्तपुर नगरपालिका वडा नं ५ संगको सहकार्यमा भक्तपुर नगरपालिको प्रख्यात मन्दिर परिसर तथा भैरवनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेका हो ।

कार्यक्रममा भक्तपुर न.पा वडा नं ५ का वडाअध्यक्ष योगेन्द्रमान विजुक्छेको सहभागिता रहेको थियो । कार्यक्रममा १८ जनाको सहभागिता रहेको थियो । संस्थाको व्यसाय तथा कृषि प्रबद्र्धन उपसमितिका संयोजक तथा कार्यक्रम संयोजक संजय जोन्छेले सरसफाई कार्यक्रम संस्थाको अगुवाईमा भएको र यस्ता कार्य कुनै व्यक्तिको मात्र नभइ प्रत्येक नागरिकको कर्तव्य रहेको बताए । 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000