हाइलाइट

जागरुक साकोसको कार्यकुशलता कार्यशाला सम्पन्न

जागरुक साकोसको कार्यकुशलता कार्यशाला सम्पन्न :: Sahakari Akhabar

विराटनगर । जागरुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला विराटनगरमा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ र जिल्ला  बचत तथा ऋण सहकारी संघको  प्राविधिक सहयोगमा कर्वस् मोरङ दोस्रो समूहलाई प्रदान गरिएको हो ।

जिल्ला सहकारी संघमा आवद्ध भएका बचत तथा ऋण सहकारीलाई तीन वटा समूहमा बर्गीकरण गरिएको छ । सोही अनुसार कार्यशाला सञ्चालन गरिर्दै आईएको जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका कार्यक्रम अधिकृत राम कुमार दाहालले बताए । उनले नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धि गर्न प्रोवेसन र एक्सेस जस्ता कार्यक्रमहरु विकास गरी सञ्चालन गरीरहेको र जिल्ला बचत संघले पनि सहकार्यमा काम गरिरहेका जानकारी दिए ।

कार्यक्रम तीन चरणमा भएको थियो । जागरुक  सहकारीकी अध्यक्ष सुनाङ सुब्बा लिम्बूको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष जिवन बस्नेतको प्रमुख आतिथ्यतामा भएको उट्घाटन कार्यक्रममा स्वागत मन्तव्य जागरुक साकोसका सचिव उमेश गुरुङले गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बस्नेतले कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाले सहकारी संस्थालाई अगाडि बढाउन सहयोग पुर्याउने बताए । अहिले जानी नजानी सहकारी क्षेत्रमा धेरै समस्याहरु आउने गरेको बताउँदै उनले यस्ता तालिम गोष्टिले संस्थालाई समस्याबाट कसरी बचाउन सकिन्छ भन्ने कुराको जानकारी प्राप्त हुने उल्लेख गरे ।

त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य महेन्द्र ढुंगानाले सहकारीलाई सहकारीको मुल्य मान्यतामा रही चलाउनुपर्ने बताउदै सदस्यहरुमा संस्थाको वित्तीय पारदर्शीता प्रस्तुत गर्नुपर्नेमा जोड दिए । सदस्यहरुको बचतको सुरक्षाको लागि यस्ता कार्यशालाहरु सहयोगी बन्ने उनको भनाई छ ।

कार्यशालाको दोस्रो सेसनमा सहकारीलाई कसरी सुरक्षित बनाउने, जोखिम आउन नदिन के कस्ता उपायहरु अपनाउन सकिन्छ लगयात संस्थालाई उत्कृष्ट बनाउन कस्ता उपाय अपनाएर काम गर्न सकिन्छ भन्ने विषयमा जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यक्रम अधिकृत राम कुमार दाहालले सहजीकरण गरेका थिए भने विमा, सामाजिक सुरक्षा, नगदको व्यवस्थापन लगायतको बारेमा सदस्य सेवा विभाग नेफ्स्कुन फिल्ड कार्यालय दमक झापाका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले सहजीकरण  गरेका थिए ।

कार्यशालाको तेस्रो सेसनमा सहकारी ९ वटा संस्थाले आफ्नो वित्तिय व्यवस्थापनको प्रगति विवरण प्रस्तुत गरेका थिए । सहभागिहरुले प्रस्तुत गरेका वित्तिय विवरणको सुधार्नुपर्ने पक्ष, गर्नुपर्ने कामको बारेमा प्रशिक्षकहरुले सुझाव दिएका थिए ।

अर्को कार्यशाला झोराहाटमा रहेको रेमिट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा गरिने संघका कार्यक्रम अधिकृत दाहालले जानकारी दिए । आवद्ध संस्थाहरु मध्ये पालै पालो कार्यक्रम गर्ने गरिएको उनको भनाई छ । हाल जिल्ला बचत  तथा ऋण सहकारी संघमा २७७ वटा सहकारी संस्था आवद्ध रहेको उनले बताए । हरेक कार्यशालामा संस्थाको वित्तिय प्रगति र सुधार गर्नुपर्ने कुरालाई प्राथमिकताका साथ हेरिने उनको भनाई छ ।



Leave a comment