हाइलाइट

सिएमसी कैलालीको अभिलेख व्यवस्थापन तालिम सम्पन्न

सिएमसी कैलालीको अभिलेख व्यवस्थापन तालिम सम्पन्न :: Sahakari Akhabar

कैलाली । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा अभिलेख व्यवस्थापन तालिम सम्पन्न भएको छ । कैलालीको सुखडमा संचालन भएको दुई दिने ‘अभिलेख व्यवस्थापन तालिम सम्पन्न भएको हो ।

सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको सभापतित्वमा भएको तालिम जेठ २६ र २७ गते संचालन भएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सञ्चालक माधवप्रसाद जोशीले तालिमको उद्धघाटन गरेका थिए ।

जोशीले सिएमसी कैलालीले स्थापनाकालदेखि सहकारी अभियानलाई अगाडि बढाउन उल्लेख्य योगदान दिएको बताए । उनले भने ‘सहकारी संस्थामा कार्यरत व्यवस्थापक साथिहरु आवद्ध संस्था भएकोले यसले समग्र सहकारी अभियानका समस्यालाई राम्रोसँग बुझेर अगाडि बढिरहेको छ ।

त्यसैले क्लबले पक्कैपनि कैलालीको मात्र नभएर समग्र देशकै सहकारी अभियानलाई टेवा र्पुयाउनेमा विश्वास गर्न सकिन्छ ।’ सिएमसी कैलालीका उपाध्यक्ष लालबहादुर भण्डारीले स्वागत तथा सचिव नरेन्द्र टमट्टाले संचालन गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै घोडाघोडी नगरपालिका सहकारी शाखा प्रमुख हेमाकान्त सुवेदीले घोडाघोडी नगरपालिका क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई राम्रो बनाउनको लागि आफ्नो तर्फबाट पुरा प्रयास गरिरहेको बताए ।

तालिममा कैलाली जिल्लाका २२ सहकारीका व्यवस्थापक तथा सहायक तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । शुक्रबार समापन भएको उक्त तालिममा पहिलो दिन प्रशिक्षकहरु लालबहादुर भण्डारी, नवराज न्यौपाने र विष्णु प्रसाद उपाध्यायले सहजीकरण गरेका थिए।

दोस्रो दिन छबिलाल जैशी र रुद्र खनालले सहजिकरण गरेका थिए । तालिमसँगै सहभागिहरुलाई अभिलेख व्यवस्थापन लगायत विषयवस्तुहरुमा थप जानकारी लिन साडेपानी क्षेत्रमा रहेका चुलीमालिका बचत तथा ऋण सहकारी र तीला कर्णाली बचत तथा ऋण सहकारी संस्थामा अवलोकन समेत गराइएको थियो ।



Leave a comment