हाइलाइट

शुभकामना साकोसको २२औं स्थापना दिवस सम्पन्न

शुभकामना साकोसको २२औं स्थापना दिवस सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २२ औं स्थापना दिवस सम्पन्न भएको छ । संस्थाले  १८ गते देखि २४ गतेसम्म साताब्यापी रुपमा स्थापना दिवस मनाएको हो । जिल्लाको शुभकार्य कृषि सहकारी संस्थासंग एकिकरण पछि जेष्ठ १८ गते एकिकृत कारोवार शुभारम्भ तथा सहकारी सचेतना र्याली गरेर स्थापना दिवसको सुरु गरेको थियो ।

त्यसैगरी कार्यक्रमको दोश्रो दिन १९ गते ऐतिहासिक टौमढी क्षेत्रमा रक्तदान कार्यक्रम, २० गते स्थानीय ब्यासी टोलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्रबिधिक सहयोग तथा सामूदायिक स्वास्थ्य केन्द्रको औषधि सहयोगमा मृगौल, मुटु तथा कलेजो सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

त्यस्तै २१ गते संस्थाका बाल बचतकर्ताहरुलाई अध्ययन अवलोकन भ्रमण र पाचौ दिन ऐतिहासिक तथा धार्मिक क्षेत्र सूर्यबिनायक मन्दिर परिसरमा सरसफाई  तथा सामाग्री हस्तान्तरण गरी सम्पन्न गरेको थियो ।

सप्ताहव्यापी कार्यक्रमको छैठो दिन संस्थाका ७० बर्ष माथीका जेष्ठ सदस्यहरुलाई धार्मिक तिर्थ भ्रमण गराई भोजन गराएको छ भने सातौ दिन २४ गते ऋणी सदस्यबिच अन्तरक्रिया सम्पन्न गरेको संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले जनाए । कार्यक्रममा सूर्यबिनायक नगरपालिका उप प्रमुख सरीता तिमिल्सेना भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका उत्कृष्ट ५ जना ऋणीहरुलाई सम्मान गरिएको थियो । 
 



Leave a comment