हाइलाइट

सन्धिखर्कका जनप्रतिनिधिहरुलाइ सहकारी बैकको सम्मान 

सन्धिखर्कका जनप्रतिनिधिहरुलाइ सहकारी बैकको सम्मान  :: Sahakari Akhabar

अर्घाखाँची । राष्ट्रिय सहकारी बैकंका अध्यक्ष केबि उप्रेतिले स्थानिय सरकारले सहकारीसंग साझेदारी गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले स्थानिय तह र सहकारी हातेमालो गरेर अगाडी बढेमा बिकास निर्माणले गतिलिने बताएका हुन् ।

सोमवार सन्धिखर्कमा राष्ट्रिय सहकारी बैकले आयोजना गरेको जनप्रतिनिधिहरुलाई बधाई तथा सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उप्रेतिले सहकारी क्षेत्र समाजसेवा गर्ने भरपर्दो थलो भएको बताए । कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जिल्लामा राष्ट्रिय सहकारी बैकको शाखा कार्यालय स्थापनागर्न आग्रह गरे ।

श्रेष्ठले सहकारी मार्फत उत्पादनमा जोड दिनुपर्ने बताए । मालारानी गाउँपालीका अध्यक्ष दलबहादुर भट्टराईले सहकारीको क्षेत्रलाई व्यापकरुपमा अगाडी बढाउनुपर्ने बताए । कार्यक्रममा मालारानी गाउँपालीका निवर्तमान अध्यक्ष बालकृष्ण आचार्य, सन्धिखर्क नगरपालीका सहकारी शाखा प्रमुख जिवनारायण आचार्य,पत्रकार महासंघका उपाध्यक्ष विरेन्द्र केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम राष्ट्रिय सहकारी बैकंका सञ्चालक हरीहर नाथ योगी, रामहरी बजगाईं, बंैकका बुटबल शाखा प्रमुख नारायण बेल्वासे, अर्घाखाँची जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसाल लगायतले सहजिकरण गरेका थिए । अर्घाखाँची जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, राष्ट्रिय सहकारी बैकं लुम्बिनि प्रदेश संयोजक बिजया सिंहको स्वागत मन्तब्य र दोर्ण भुसालले सञ्चाल गरेका थिए । 



Leave a comment