हाइलाइट

शिखर साकोसद्धारा सार्वजनिक शौचालयको सुविधा 

शिखर साकोसद्धारा सार्वजनिक शौचालयको सुविधा  :: Sahakari Akhabar

झापा । बिर्तामोड–४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यालयमा निशुल्क सार्वजनिक शौचालय संचालनमा ल्याएको छ ।

‘जिम्मेवार संस्था समुदायमा सेवा’ भन्ने नारासहित संस्थाको कार्यालय भद्रपुर बस स्ट्यान्डको पश्चिममा रहेको शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुल्ला गरिएको अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । यसबाट भद्रपुर बस स्ट्यान्डका  यात्रु र अन्य ओहोरदोहोर गर्ने सर्वसाधारणलाई सुविधा पुग्ने उनले बताए । 

सार्वजनिक शौचालय नहुँदा बिर्तामोडमा सर्वसाधारण समस्यामा पर्दै आएका छन् ।
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000