हाइलाइट

छहारी साकोसका सदस्यलाई महिला हिंसा सम्बन्धि कानूनी परामर्श 

छहारी साकोसका सदस्यलाई महिला हिंसा सम्बन्धि कानूनी परामर्श  :: Sahakari Akhabar

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा रहेको छहारी साकोसले एकदिने महिला हिंसा सम्बन्धि कानूनी परामर्श कार्यक्रम गरेको छ ।

जेठ २१ गते शनिवार संस्थाको भवनमा सम्पन्न कार्यक्रममा सदस्यहरुलाई महिला हिंसा रोक्ने उद्देश्यले युवा विकास तथा अध्ययन केन्द्रकोे सहयोगमा महिला हिंसा तथा लैगिक अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा सम्पन्न गरेको हो ।

छहारी साकोसमा आवद्ध महिलाहरुलाई कानूनी परामर्श दिने र कानून र कानूनी अधिकारकाबारेमा दक्ष बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष कृष्णहरि खड्काले जानकारी दिए ।

परामर्श कार्यक्रममा केन्द्रका सुमन न्यौपानेले परामर्श दिएका थिए । कार्यक्रममा महिलाहरुले आफूमा रहेको महिला हिंंसा, कानूनी उपचार, कानूनी प्रक्रिया, महिला अधिकारकोबारेमा जानकारी गराएका थिए ।

संस्थाका कोषाध्यक्ष प्रविण शंखदेवले संविधानमा उल्लेख भएका, ऐन कानूनले महिलालाई दिएका अधिकार पनि कतिपय अबस्थामा कानूनी प्रक्रिया थाहा नपाउँदा महिला पछाडि परेकोले संस्थाले कानूनी परामर्श कार्यक्र राखेको जनाइएको छ ।

कार्यक्रमले महिलाहरुको हक, अधिकार सुनिश्चित गर्दै कानूनी अधिकार व्यबहारमा लागू गर्न तालिमले प्रभावकारी भूमिका निर्वाह गर्ने अध्यक्ष खड्का बताउँछन् ।



Leave a comment