पोखरा रोयल साकोसद्धारा १७० विद्यार्थीलाई वित्तीय तथा प्रविधि साक्षरता तालिम

पोखरा रोयल साकोसद्धारा १७० विद्यार्थीलाई वित्तीय तथा प्रविधि साक्षरता तालिम :: Sahakari Akhabar

‘रोयल कालिका विद्यार्थी बचत क्लव’ गठन

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा १० कोे कालिका माविका नौ र दश कक्षामा अध्ययनरत १७० जना विद्यार्थीहरुलाई एकदिने वित्तिय तथा प्रविधी साक्षरता सम्वन्धी तालिम दिएको छ । 
तालिमको संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङले शुभारम्भ गरेकी थिइन् ।

उनले रोयल साकोसको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “विद्यार्थीसंग रोयल” भन्ने मूल अभियानका साथ विधार्थीहरुमा वित्तीय ज्ञान प्रदान गर्दै बचत गर्ने बानी बसाल्न र प्रविधीको ज्ञान दिने उद्धेश्यले विद्यार्थी लक्षित तालिमको आयोजना गरिएको जानकारी दिइन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले वित्तिय साक्षरता तथा सूचना प्रविधि सुपरिवेक्षक अविनाश पौडेलले प्रविधि साक्षरताको वारेमा प्रशिक्षण दिएका थिए । यसैबीच “विद्यार्थीसंग रोयल” कार्यक्रम अन्तर्गत सात सदस्यीय “रोयल कालिका विद्यार्थी बचत क्लव” समेत गठन गरिएको छ ।

कार्यक्रममा अध्यक्ष गुरुङ्गले क्लव सञ्चालनार्थ विउ पूँजी वापत ५ हजार बिद्यालयका सहायक प्राचार्य सूर्यमोहन ढकाललाई हस्तान्तरण गरेका थिए । उक्त क्लबमा विद्यार्थीहरु रेखा थापा, खिममाया जलारी, शुभ गुरुङ, अनिस थापा मगर, सृजना गुरुङ, मिसेल परियार र अविन सुनार चयन भएका छन् ।

विधालयका सहायक प्राचार्य सूर्यमोहन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक वसन्त सिग्देलले स्वागत र सहायक प्राचार्य श्रीराम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गिर बहादुर श्रेष्ठ, सञ्चालक कृष्ण ढकाल, शिक्षक श्रीराम गौली र कुल प्रसाद सुवेदीको समेत उपस्थिती रहेको संस्थाका सूचना अधिकारी एवं मूख्य प्रवन्धक मीलन ढकालले बताए ।


 



Leave a comment