हाइलाइट

हसना भास्तिपुर साकोसमा प्रिमियम सिविएस

हसना भास्तिपुर साकोसमा प्रिमियम सिविएस :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१२, बलम्बु स्थित हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था प्रिमियम कोर बैकिङ सफ्टवेयर (प्रिमियम सिविएस) मा आवद्ध भएको छ । संस्थाले पुरानो सफ्टवेयरलाई परिवर्त गरी वेब बेस्ड प्रविधियुक्त प्रिमियम सिविएसमा आवद्ध भएको हो ।

प्रिमियम कोर बैकिङ सफ्टवेयर आईएसओ ९००१ः२०१५ प्रमाणित सहकारी सफ्टवेयर हो । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय बन्दै गएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस सफ्टवेयर प्रिमियम टेक्नोलोजी प्रालिले निमार्ण गरेको हो । हाल देशभरका ३ सयभन्दा बढी सहकारी संघ÷संस्थाले प्रयोग गर्दै आएका छन ।

कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ । प्रिमियम सफ्टवेयर पछिल्लो समयमा सहकारी संस्थाहरुद्वारा अत्याधिक रुचाइएको प्रविधि सेवा प्रदायक कम्पनी हो ।

अन्य कम्पनीको सफ्टवेयर प्रयोग गर्दै आएका सहकारीले पनि प्रिमियम सफ्टवेयर परिवर्तन गर्न थालेको कम्पनीका  प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताए । कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको र प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने प्रमुख कार्यकारी अधिकृत वनको भनाइ छ । 



Leave a comment