हाइलाइट

टुगा आस्था साकोसद्धारा आपतकालिन रक्तदान कार्यक्रम

टुगा आस्था साकोसद्धारा आपतकालिन रक्तदान कार्यक्रम :: Sahakari Akhabar

रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिबार आफ्नो वार्षिक नियमित रक्तदान कार्यक्रमको तालिका परिवर्तन गरि खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रगत अभावको अवस्थालाई मध्यनजर गरि खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । मेडिकल कलेज तथ सिटि हस्पिटल भैरहवामा टिआरपि बिधि उपचारार्थ रहेका ३ जना बिरामीहरुलाई ५ पोइन्ट रगत कार्यक्रम स्थलबाटै उपलव्ध गराइएको थियो । रक्तसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोग रहेको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको थियो ।

संस्थाका अध्यक्ष डिबी थापाबाट सेयर सदस्य एवं युवा समाजसेवी दिल गुरुङलाइ तथा प्रमुख अतिथि आलोक सिवाकोटीबाट सेयर सदस्य एवं युवा समाजसेवी ज्ञानेन्द्र थापालाइ रक्तदान ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

संस्थाको युवा तथा सामाजिक उपसमितिको संयोजनमा नियमित रुपमा संचालन गरिने यस कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक गिरिजा शाही ठकुरी तथा प्रमुख अतिथि, रक्तदाता एवं राष्ट्रिय सहकारी बैंक भैरहवा शाखा प्रमुख आलोक सिवाकोटीको रहेको थियो ।



Leave a comment