हाइलाइट

जनकाल्याण साकोसको २५ औं बार्षिक स्थापना दिवस

जनकाल्याण साकोसको २५ औं बार्षिक स्थापना दिवस :: Sahakari Akhabar

मोरङ । मिक्लाजुङ गाउँपालिका मधुमल्लामा सेवा क्षेत्र रहेको जनकल्याण बचत तथा ऋण सहकारीले संस्थाले आफ्नो २५ औं स्थापना दीवस बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।

शनिबार साकोसले मिक्लाजुङ वडा नं. ७ मा रहेको भगवती मावीको सभाहलमा औपचारीक कार्यक्रमको आयोजना गरी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचन २०७९ मा बिजयी भएका शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

सम्मानीत हुनेहरुमा मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहान, वडा सदस्यहरु पवित्रा विश्वकर्मा, भुमीप्रसाद कोइरालालाई सम्मान पत्रले सम्मानीत गरिएको थियो ।

यस्तै संस्थामाा उत्कृष्ठ कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मानपत्रले सम्मानीत गरिएको जनकल्याण सकोसका व्यवस्थापक रमेश गौतमले बताए ।

यस्तै संस्थामा नियमित रुपमा उत्तकृष्ठ बाल बचत गर्ने बाल बचत कर्ताहरुलाई समेत सम्मान पत्र, कापी  र कलम दीएर सम्मानीत गरिएको थियो ।

सम्मान कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष भत्तीप्रसाद लुइटेल र पुर्व अध्यक्ष रमेश प्रसाद दाहालले पानसमा बत्तीबालेर संयुक्त रुपमा उद्घाटन  गरेका थिए ।

जनकल्याण साकोस मधुमल्लाकै सबै भन्दा पुरानो संस्था हो । हाल उत्त साकोसमा करिब एक हजार दुई सय पचास बढी शेयर सदस्यहरु रहेकाछन ।



Leave a comment