वर्तमान सहकारी मासिकदेखि सहकारी अखबारसम्म 

वर्तमान सहकारी मासिकदेखि सहकारी अखबारसम्म  :: Sahakari Akhabar

आदरणीय पाठक तथा शुभचिन्तकज्यू, सहकारी क्षेत्रलाई मात्रै ‘बिट’ बनाएर  व्यवसायीक रूपमा पत्रकारिता गर्न सकिन्छ र सञ्चार माध्यम सञ्चालन गर्न सम्भव छ भन्ने हिम्मतका साथ ‘वर्तमान सहकारी मासिक पत्रिका’ बाट व्यवसायीक यात्रा आरम्भ गरेका थियौँ । मासिक पत्रिकाको एक दशक भन्दा लामो अनुभवपछि हामीले यो व्यवसायीक यात्रालाई नयाँ स्वरूपमा परिवर्तन गरेका छौँ । 

वर्तमान सहकारी मासिकमार्फत हासिल गरेको अनुभवमा हाम्रा पाठक तथा शुभचिन्तकको सल्लाह र समयको माग अनुसार नै अब हामी डिजिटल मिडिया ‘सहकारी अखबार’ को रूपमा आएका छौँ । सहकारी पत्रकारितामा भविष्य बनाउन सकिन्छ, सहकारीलाई मात्र बिट बनाएर व्यवसायीक पत्रकारिता गर्न सकिन्छ भन्ने हाम्रो हिम्मत तथा प्रयासलाई पाठकले रुचाएका कारण हामी अझ हौसिएका हौँ । 

विगत केही वर्षको कोरोना कहरमा हामीले भौतिक रूपमा यहाँहरूलाई ‘वर्तमान सहकारी मासिक’ पुर्‍याउन नसके पनि सहकारीका सामाग्रीलाई पाठकसम्म पुर्याउने कामलाई भने हामीले छाडेनौँ । समयको माग र पाठकको रुचि अनुसार परिष्कृत तथा परिपक्व रूपमा डिजिटल मिडिया मार्फत सहकारी सामाग्री पस्कने क्रमलाई टुट्न दिएनौँ ।

आगामी दिनमा यहाँहरूकै सुझाव अनुसार केही नयाँ तथा चाखलाग्दा स्तम्भहरू समेत यहाँहरू समक्ष ल्याउनेछौँ । ग्रुप अफ वर्तमान मिडिया प्रालिमार्फत सुरु भएको डिजिटल मिडिया सहकारी अखबारलाई पनि यहाँहरूले विगतमा छापा माध्यमलाई दिएको जस्तै साथ सहयोग र हौसला प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ । 

विगत तीन वर्षदेखि सहकारी अखबारबाट आम पाठकलाई सहकारी सामाग्री पढ्ने बानी पार्ने कोसिस गर्यौ । डिजिटल माध्यममा रूपान्तरण भए पनि हाम्रो टेस्ट उही हो, जुन आम पाठकले रुचाउँदै आउनु भएको छ । सहकारी अखबारमार्फत पनि वर्तमान सहकारी मासिकमा यहाँहरूले अत्यधिक रुचाउनु भएका जय सहकारी, बसिबियाँलो, सफलताका कथा, उत्कृष्ट सदस्य, सहकारी आवाजलगायतका स्तम्भहरूलाई निरन्तरता दिनेछौँ ।

यसै गरी सहकारीका खोजमूलक तथा विश्लेषणात्मक सामाग्री पस्कनेछौँ । आगामी दिनमा यहाँहरूकै सुझाव अनुसार केही नयाँ तथा चाखलाग्दा स्तम्भहरू समेत यहाँहरू समक्ष ल्याउनेछौँ । ग्रुप अफ वर्तमान मिडिया प्रालिमार्फत सुरु भएको डिजिटल मिडिया सहकारी अखबारलाई पनि यहाँहरूले विगतमा छापा माध्यमलाई दिएको जस्तै साथ सहयोग र हौसला प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ । 



Leave a comment