Sahakari Akhabar

चन्द्रागिरि साकोसद्धारा एम्बुलेन्स तथा स्वास्थ्य सेवामा थप

चन्द्रागिरि साकोसद्धारा एम्बुलेन्स तथा स्वास्थ्य सेवामा थप :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई थप सेवा उपलब्ध गराउने उद्देश्यले चन्द्रागिरि मार्ट परिसरमा पोलिक्लिनिक सेवा र समुदायको मागलाई ध्यानमा राखी थप एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरिसँग सहकार्य गरी थप एम्बुलेन्स सेवा र मेड स्टार पोलिक्लिनिक प्रालिसँगको सहकार्यमा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।

८ वर्ष अघीदेखि संस्थाले एम्बुलेन्स र शव वाहन सञ्चालन गरी सदस्यहरुलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको थियो । हाल सदस्यको संख्या बृद्धि हुँदै गएको र सेवामूलक संस्था भएको, निजी क्षेत्रले प्राथमिकता नदिने र सरकारी क्षेत्रले प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्ने अवस्था भएकोले समुदायको बढ्दो मागलाई ध्यानमा राखी माघ १ गतेबाटा २ वटा एम्बुलेन्स र १ वटा शव बाहन सेवा सञ्चालन शुरु गरेको संस्थाले जनाएको छ ।

त्यसैगरी सदस्य तथा समुदायलाई सहुलियतपूर्ण आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले संस्थाद्वारा सञ्चालित चन्द्रागिरि मार्ट परिसर भित्र पोलिक्लिनिक सेवा सञ्चालन गरिएको संस्थाले जनाएको छ । उक्त पोलिक्लिनिकमा आकस्मिक सेवा, ओपिडि विशेषज्ञ सेवा, प्याथोलोजी सेवा, भिडियो एक्सरे, एक्सरे र फार्मेसी सेवा सञ्चालन हुनेछ । चन्द्रागिरि साकोसका सदस्यहरुले उक्त पोलिक्लिनिकमा विशेष सहुलियत प्राप्त गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठले बताए  । 



Leave a comment