Sahakari Akhabar

हाम्रो साकोसद्वारा जेष्ठ सदस्य–विद्यार्थीलाई सम्मान

हाम्रो साकोसद्वारा जेष्ठ सदस्य–विद्यार्थीलाई सम्मान :: Sahakari Akhabar

ललितपुर। प्रयागपोखरीमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य, विद्यार्थी सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले एसईई, प्लस टू, व्याचलर्स, मास्टर्स र एमफिल गर्ने सदस्य र सदस्यका छोराछोरीलाई सम्मान, उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरेको हो ।

त्यस्तै जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई ब्लान्केट दिएर सम्मान गरिएको हो । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाल लगायत संस्थाका सञ्चाल समितिका पदाधिकारी तथा सदस्यहरुले जेष्ठ सदस्य र विद्यार्थी सम्मान सम्मान गरेका थिए । 

१ सय ३० जना विद्यार्थी, ४० जना जेष्ठ सदस्य र उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको थियो । हरेक वर्ष सम्मान गर्ने आएको संस्थाले गत वर्ष भने कोभिड संक्रमणका कारण गर्न सकेको जनाइएको छ ।

त्यस्तै संस्थाले वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले कार्यक्रममा संस्थाले गर्दै आएको काम, संस्थाको प्रडक्ट, सदस्यलाई प्रदान गर्दै आएको सेवा, संस्थाको वित्तीय अवस्था, सामाजिक क्षेत्रमा गरेको काम लगायतको विषयमा जानकारी गराए ।

सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईले वित्तीय साक्षरताको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले बचतको महत्व, बचत कसरी गर्ने, बचत गर्नुको फाईदा, सहकारीमा बचत किन गर्ने लगायतको विषयमा प्रशिक्षण दिएका थिए । 




Leave a comment