हाइलाइट

सहकारी ऐन कार्यान्वयनमा सरकारको तदारुकता र नेफ्स्कूनको भूमिका

सहकारी ऐन कार्यान्वयनमा सरकारको तदारुकता र नेफ्स्कूनको भूमिका :: Sahakari Akhabar

रकारले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश पुस १० गते मंगलबार मन्त्रिपरिषद्बाट पारित गरेको छ ।

यो समाचारले स्वाभाविक रुपमा सहकारी क्षेत्र तरंगित बनेको छ । संशोधनका धेरै विषयहरु सकारात्मक र सुधारात्मक छन्, कतिपय विषयहरुमा थप बहस, छलफल र पैरवी आवश्यक छ । प्राप्त उपलब्धिहरुलाई सकारात्मक रुपमा लिनुपर्छ ।

नेफ्स्कूनले भन्दै आएको सहकारी ऐन कार्यान्वयनका बाँकी काम थालनी भएका छन् । नेफ्स्कून नेतृत्वमा आएदेखि नै मैले भन्दै आएको थिए, यो वर्ष ऐन कार्यान्वयनको वर्ष हुनेछ । यो वर्ष सहकारी अभियानको लागि सुखद वर्ष हुनेछ । हामी त्यही दिशामा सरकार र सरोकारवालाहरुसँग हातेमालो गर्दै हिडेका छौं ।

नेफ्स्कून सञ्चालक समितिले १ वर्षे कार्यकाल पूरा गरेको केही दिनमै यो खबर आएको छ । यो केवल संयोग मात्र होइन, सरकारसँग नेफ्स्कूनको निरन्तरको बहस पैरवीको परिणाम पनि हो भन्दा अतिशयोक्ति हुँदैन ।

अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ, जुन सकारात्मक छ । यसले बचत ऋण सहकारीहरुलाई सुशासित, व्यवस्थित, सदस्यप्रति उत्तरदायी, पारदर्शी र विश्वासिलो बनाउने विश्वास गर्न सकिन्छ ।

विगतमा भएका लगानीका गल्ती र कमजोरीहरुलाई सुधार्न लागिपरेका छौं र भाखा नाघेका ऋणहरु असुलीमा समग्र सञ्चालक समिति र व्यवस्थापनले मिलेर काम गरेकोले नतिजाहरु निक्लदै गएका छन् । वित्तीय अनुशासनको परिपालनामा अझ निमर्म भएका छौं ।

यसैगरी, अध्यादेशले सहकारी संस्थालाई पनि हालको कर्जा सूचना केन्द्रमै आबद्ध गर्ने अवधारणा अघि सारेको छ, जसअनुसार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुन बमोजिम स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी बचत तथा ऋणको कारोबारको सूचना आदानप्रदान गर्नुपर्नेछ । प्राप्त सूचनालाई सदस्य सहकारी संस्थाहरूबीच आदानप्रदान गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, प्राप्त सूचनाका आधारमा कालोसूचीमा राख्नुपर्ने भए सो सम्बन्धमा आवश्यक कारबाही गर्ने व्यवस्था पनि अध्यादेशमा गरिएको छ । सहकारी संस्थाले १० लाखभन्दा बढी ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनुपर्नेछ । समयमा ऋण नतिर्ने ऋणीको नाम सहकारी संस्थाले प्रत्येक तीन महिनामा केन्द्रलाई अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था हाम्रा लागि सकारात्मक हुन् ।

यसैगरी, सहकारी बचत तथा कर्जा सुरक्षण कोषसम्बन्धी व्यवस्था पनि अध्यादेशमा गरिएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुनबमोजिम स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको सुरक्षित सदस्य संस्थाका रूपमा सदस्यता लिनुपर्ने उल्लेख छ । अध्यादेशमा बचत फिर्ताका लागि विशेष व्यवस्था गरिएको छ ।

अर्को, मुख्य विषय भनेको नेपाल राष्ट्र बैंक ऐन संशोधनमार्फत बाणिज्य बैंक तथा वित्तीय संस्था भन्ने शब्दहरुको ठाउँमा बैंक तथा वित्तीय संस्था वा सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्था भन्ने शब्दहरु राखिएका छन् ।

नेफ्स्कूनले विगत लामो समयदेखि उद्देश्य अनुरुप मुख्यरुपमा वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुलाई नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाको रुपमा मान्यता प्रदान गर्नुपर्ने आवाज उठाउँदै आएको थियो ।

यो अहिले बैंक ऐन संशोधनमार्फत भएको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो । अब राष्ट्र बैंकले सहकारी चिन्ने भयो, हेर्ने भयो र महत्व दिने भयो ।

यस्तै, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता स्थानीय तहमा मात्र हुनुपर्ने व्यवस्था गरिएको छ भने बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थालाई तोकिएको आधारमा संघ, प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गर्ने उल्लेख छ ।

मलाई लाग्छ, सरकारको यो कदम सहकारी ऐन कार्यान्वयनको तदारुकता हो । सहकारी क्षेत्रमा विद्यमान समस्याहरुको सम्बोधनको प्रयास हो । खोजेको सबै कुरा पाइदैन ।

पाइएका कुराहरुलाई कार्यान्वयनमा लगरे उपलब्धिहरु संस्थागत गर्ने मुल विषय हो । हिजोको अवस्थाबाट हामी पक्कै सुधारको अवस्थामा पुग्छौं । सहकारी ऐन २०७४ कार्यान्वयन गराउनकै लागि अध्यादेश जारी भएको हो ।

नेफ्स्कूनको मुख्य बहसपैरवी पनि ऐनका प्रावधानहरु कार्यान्वयनमा जानुपर्छ भन्ने थियो । त्यो भनेको यी माथि उल्लेख गरिएका अधिकांश विषयहरु हुन् ।

यो वर्षमा हामीले सहकारी विभागसँगको सहकार्यमा सातै प्रदेशमा साकोसहरुको जोखिम विश्लेषण कार्यशाला (सार) गर्यौं  जसमा मन्त्रालयका सचिव, रजिष्ट्रार, स्थानीय सहकारी रजिष्ट्रारहरु लगायतको सहभागिता रह्यो र उहाँहरुले सरकारले गर्नुपर्ने काम नेफ्स्कूनले गरेको अभिव्यक्ति दिनुभएको थियो । यसले हामीलाई उत्साहित बनाएको छ ।

अर्को भनेको, सहकारी विभागले दोस्रो पटक गरेको नेफ्स्कूनको सघन अनुगमनको प्रतिवेदन पहिलोभन्दा ‘प्रोगरेसिभ’ देखिनु भनेको हामी सही बाटोमा हिडेका छौं भन्नु हो ।

नियामकका सुझावहरु कार्यान्वयनमा प्रतिबद्ध भएर लागेको सन्देश प्रवाहित हुनु हो । नियामक आश्वस्त हुनु हो, सदस्यहरु विश्वस्त हुनु हो, सञ्चालक समिति प्रतिवद्ध हुनु हो र व्यवस्थापन कटिवद्ध हुनु हो । यो हाम्रो उपलब्धि हो, सफलताको अर्को सिढि हो ।

त्यसैगरी, बचत तथा ऋण सहकारीसम्बन्धी स्थिरीकरण कोषको तेस्रो वार्षिक परामर्श बैठकको संघारमा छौं हामी । कोषको कार्यविधि संशोधन भई अब जोखिम सुपरिवेक्षणको काम सुरु भएको छ । यो अर्को ठूलो उपलब्धि हो । सहभागिता र योगदान वृद्धि भएको छ । कोष सबल बन्दैछ । ‘अफसाइट मनिटरिङ’को ‘मेकानिजम’ तयार भएको छ ।

सदस्यहरुले नेफ्स्कूनको सदस्य सूचना प्रणाली (एमआईएस) मा नियमित तथ्याङ्क प्रविष्टि गरेका छन् । यसले साकोस अभियनको एकीकृत तथ्याङ्क सम्भव हुँदैछ ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगो, व्यावसायिक र पृथक पहिचान स्थापित गर्न पनि नेफ्स्कूनले सञ्जाल व्यवस्थापनमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । सञ्जाल साझेदारी कार्यविधिका आधारमा ३ दर्जन बढी संघहरुले आवद्धता जनाएका छन् ।

त्यस्तै, निर्वाचनअघि देखि नै हामीले उठाएको विषय हो शुद्धीकरणमार्फत सुशासित नेफ्स्कून निर्माण गर्ने । र त्यो शुद्धीकरणको अभियान आफैबाट थालनी गरेका छौं ।

नेफ्स्कूनले छैठौं रणनीतिक मार्गचित्र तयार गरेको छ । त्यसैलाई टेकेर हामी हिडेका छौं  । यसले हाम्रो कार्यदिशालाई थप स्पष्ट, सदस्य केन्द्रीत, व्यावसायिक र दिगो बनाउँदै लगेको छ ।

सुशासनका कार्यविधिहरु अवलम्बन गरिएका छन् । अन्य आन्तरिक कार्यविधि निर्माण गरेका छौं । सञ्चालक समिति र व्यवस्थापन आचार संहिताको परिधिभित्र बाँधिएका छौं । सुशासनको सवालमा हामी शुन्य सहनशीलताको नीति अवलम्बन गरेका छौं ।

त्यस्तै, हामीले आन्तरिक रुपमा संस्थागत सुधारका योजनाहरु कार्यान्वयनमा ल्याएका छौं । स्थानीय सरकारहरुसँग सुमधुर सम्बन्ध विस्तारको जिम्मेवारी प्रत्येक सञ्चालकलाई प्रदान गरिएको छ । विकास साझेदारहरुसँग दिगो र व्यावसायिक सम्बन्ध विस्तार गरेका छौं।

सहकारीमार्फत उद्यमशीलता, रोजगारी, स्वरोजगारी, सीप विकास, पुँजी र प्रविधि र विज्ञ परामर्श सहजीकरणको मुल उद्देश्यसाथ हामीले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी अमेरिकी नियोग युएसएडसँग दिगो सम्झौता गरी कार्यक्रमहरु अघि बढाएका छौं ।

जर्मनीको डीएसआइकेसँग पनि सम्झौता अनुरुप सिमुलेशनका थुप्रै कार्यक्रमहरु सञ्चालनमा छन् । सँगै आईसीए, विश्व ऋण परिषद् र एशियाली ऋण महासंघसँगको सम्बन्ध थप सुधार भएको छ ।

नेफ्स्कूनले छैठौं रणनीतिक मार्गचित्र तयार गरेको छ । त्यसैलाई टेकेर हामी हिडेका छौं  । यसले हाम्रो कार्यदिशालाई थप स्पष्ट, सदस्य केन्द्रीत, व्यावसायिक र दिगो बनाउँदै लगेको छ ।

विगतमा भएका लगानीका गल्ती र कमजोरीहरुलाई सुधार्न लागिपरेका छौं र भाखा नाघेका ऋणहरु असुलीमा समग्र सञ्चालक समिति र व्यवस्थापनले मिलेर काम गरेकोले नतिजाहरु निक्लदै गएका छन् । वित्तीय अनुशासनको परिपालनामा अझ निमर्म भएका छौं । यी सबै कारण संघको छविमा उल्लेख्य सुधार भएको छ ।



Leave a comment