सहकारीमा दोहोरो पदको निर्देशनः माफी पत्रको पर्खाइमा हो ?

सहकारीमा दोहोरो पदको निर्देशनः माफी पत्रको पर्खाइमा हो ? :: Sahakari Akhabar

संघिय सहकारी विभागलाइ सनक चढेर गत असार १९ गते सहकारीका नेतालाई कानुन पालनाको निर्देशन दिने हिम्मत गरेको थियो । हिम्मत त ! केर, सम्झिने, सम्झाउने काम भएको थियो । सनक किन ? भन्ने लाग्नसक्छ ।

सनक, यस अर्थमा कि ! जुन कानुन ७ वर्ष सम्म पनि कर्यान्वयन हुन सकेन, यसबिचमा आएका एक दर्जन रजिष्ट्रारले पनि गराउन सकेनन, नयाँ आएका रजिष्ट्रारले सात महिनामा पालना गराउन के सक्थेर, त्यसैले सम्झाउने काम भएको थियो भन्न सकिन्छ ।

हुन त यसअघिका रजिष्ट्रारहरुले पनि नसम्झाएको त कहाँ होर ! १३५ बुँदामा समेत सम्झाएकै हो नी ! फिटिक्कै सम्झिए पो ! यो सम्झाउने र सम्झिनेको चक्र बिगतदेखि नै घुमी रहेको छ । दोहोरो पदको त कुरै गर्नुहुन्न, बारुलाले चिले झै बुरुक्क उफ्रिहाल्छन् सहकारी अभियन्ता ।

त्यसैले सहकारीका नेतालाई सुशासन कायम गर भन्नु, कानुन पालना गर भन्नु नै सनक हो ? यो सनकले राम्रो छनक देखाएको छैन, सरुवासम्म हुनसक्छ है, सुगमबाट दुर्गम पुर्याउन सक्छन नी ! कानुनको पालना गर भन्यो भन्ने गम्भिर आरोप लगाएर सके आफैले, नसके पार्टी पहुँचमा कारबाही हुनसक्छ ।

अटेरी गर्नु, पेलेरै जानु, मनलागे गर्नु, मन नलागे नगर्नु, नीति र बिधिको पण्डित्याई गर्नु पालना चाँही नगर्नु, किनेरै भएपनि, पाहुना नै सही प्रतिनिधि ल्याएर दोहोरो किन ? चौबर पद लिनु, हामीलाई पनि कहिलेकाँही यसो देश विदेश लानु ।

बेला बेलामा मत्रालयमा मन्त्री, सचिव र विभागमा रजिष्ट्रार फेरीरहन्छन् फूलमाला बोकेर स्वागत गर्न आउनु, आजको उपलब्धीका नाममा मन्त्री र सचिवसंग फोटो खिचेर फेुबुकमा हाल्नु भन्नु पर्छ । नत्र उनीहरुको शान, मान मर्दनमा आँच पुग्नसक्छ । कानुन पालना गर भन्नेलाई बहिस्कार हुनसक्छ ।

त्यसैले कानुन त कोर्ने हो ! केलाउने हैन । कानुनमा कस्ने हो, ब्यवहारको कसिलगाउने हैन । यसैमा उहाँहरु गर्व गर्नुहुन्छ ! माइतीघर मण्डलामा बसेका पिडित सदस्यको आँशुले उहाँहरुलाई छुँदैन, पिडितको पिडाले उहाँहरुको मनमा पहिरो चल्दैन, पहिरो त पद परित्याग गर्दा जान्छ । दोहोरो तेहेरो पदको चिन्ताले च्यापेको छ, मन पिरोल्लिएको छ । कुन संघ संस्थाको चाबी कसले पकडमा राख्नसक्ने भन्ने अहंमता छ।

निर्देशन चाँही कार्यान्वयन गर्ने र गराउनेलाई निल्नु न ओकल्नु, अनि काग कराउँदै गर्छ पिना सुक्दै गर्छ झैं भएको छ । ३० दिनको समय सिमाले चाही सिमा नाघेको पनि हिजै हो । निर्देशनको पालनाको दर्शन गर्नपाउने दिनले सिमा नाघेर के भोत ! नीति र बिधिको पण्डित्याइ गर्नेहरुले नै लक्ष्मण रेखा काटेपछि । टेरे पो ! कार्यान्वयन हुने, टेर्दैनन्, हैन त रजिष्ट्रारज्यू ?

उस्तै परे लक्ष्मणरेखा नै मेटाइदिने हिम्मत राख्छन सहकारी अभियन्ताहरु । निर्देशन जारि गर्नु, जारी तिर्नु जत्तिकै भएको विभागलाई कानुन कार्यान्वयनको बतासले जरो नै फुटाएको छ। कारबाहीको डण्डा चलाउनसक्ने आँट पनि आएन, आँटै गरिहालेपनि सहकारीमा मध्यावधि निर्वाचनको अवस्था आउने रहेछ ।

सहकारी महसंघले पनि सर्मथन त दिएकै हो नी दोहोरो सदस्यताको विषयमा, देहोरो पदको विषयमा दिएनन् त के भो ? हुन त सहकारी विभागले सहकारीका नेताको नैतिकता पर्खेको होला, जिल्लादेखि महासंघसम्म सुसाशनको आश गरेको होला...। त्यो त सम्झने पानी छम्कने, त्यसैले माफी पत्रको तयारी गरेकै राम्रो ।

बरु होस्, यो निर्देशन जारि गर्नु, कानुन पालना गर भन्नु, सहकारीमा सुद्धिकरण र सुशासन कायम गर भनेर सम्झाउँनु गलत भएछ भनेर माफी पत्र पो जारि गर्ने हो की ! बिचराहरुको रोजी रोटी खोस्न किन लाग्ने । यसैका कारण कतिका पार्टीमा पद सुरक्षित भएको होलान । कतिले सहकारीलाई भजाएर नीजि कम्पनि, हाइड्रोमा लगानी भर्न पाएका छन् ।

उनीहरु सहकारी विभागको माफी पत्रको पर्खाइमा छन्, यो इच्छा पनि विभागले पुरा गरिदियो भने, सरुवा रोक्का, विदेश भ्रमण पक्का । त्यसैले यो एउटा योगदान गरिदिने हिम्मत पो जुटाउने हो की ! अस्थिपञ्जर नै सही केन्द्रीय संघ, झोला मै सही जिल्ला संघ, कागज मै सहि प्रदेश र विषयगत संघ कमसेकम प्रतिनिधि बनेर आउन त पाएका छन् नी !

सहकारीका कार्यक्रममा उपरखुट्टि लगाउँदै आशन र नैतिकताको भाषण त गरेका छन् नी ! रजिष्ट्रार ज्यू कि देख्नुभएको छैन ? आधाभन्दा धेरै दोहोरो र तेहेरो पद ओगटेका सहकारी अगुवाहरुलाई कानुन कार्यान्वयन नभएको आरोप लगाउन मिल्ला र ? सहकारीमा सुद्धिकरणको शेचन टाउकाबाट गर्नुपर्ने रहेछ भन्ने जानकारी राख्नु नै गलत हो ।

सुद्धिकरण त ! ती सडकमा सहकारी पिडितका नाममा महिनौंदेखि धर्ना बस्नेहरुबाट गर्नुपर्ने हो । जसले सहकारीसंग कारोबार गरेर गल्ती गरेका छन्, सहकारीका कार्यक्रममा उनीहरुकै नीति बिधिका कुरा रहरलाग्दो गरी सुनिदिएका छन् । त्यस्तलाइ पो हो डण्डा चलाउने । सहकारी नेतालाई किन चलाउने ?

सहकारी महसंघले पनि सर्मथन त दिएकै हो नी दोहोरो सदस्यताको विषयमा, देहोरो पदको विषयमा दिएनन् त के भो ? हुन त सहकारी विभागले सहकारीका नेताको नैतिकता पर्खेको होला, जिल्लादेखि महासंघसम्म सुसाशनको आश गरेको होला...। त्यो त सम्झने पानी छम्कने, त्यसैले माफी पत्रको तयारी गरेकै राम्रो ।

भएको चाँही के थियो भने, सहकारी विभागले गत असार १९ गते सहकारी ऐन ०७४ को दफा ४१ को उपदफा ५ मा भएको, कुनै ब्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको संचालक हुनसक्नेछ भन्ने ब्यवस्थालाई पालना गर्न निर्देशन गरेको थियो । सहकारी भन्नाले, संघ संस्था र सहकारी बैंकलाई समेत जनाउने ऐनमा उल्लेख छ ।

सहकारी ऐन जारी भएको ७ वर्षसम्म पनि उक्त ब्यवस्था, कार्यान्वयन भएको नपाएपछि रजिष्ट्रार पिताम्बर घिमिरेले कार्यान्वयन नगरे कानुन बमोजिम कारबाही गर्ने सूचना सहित निर्देशन जारी गरेका थिए । निर्देशन जारी भएको एक हप्तामा सहकारी महासंघले उक्त निर्देशन लागु नगर्न विज्ञप्ती निकाल्यो र रजिष्ट्रारलाई पनि बुझायो ।

महासंघले सहकारी ऐन नै संसोधनमा रहेकोले ऐन संसोधन पछि मात्र कार्यान्वयन गर्न भन्यो । सोही दिन नेकपा एमालेको सहकारी विभागले पनि महासंघकै हुबहु ब्यहोराको विज्ञप्ती जारी गरी उक्त निर्देशनलाई कार्यान्वयन नगर्न भन्यो । निर्देशन जारी गरेको ३० दिन नाघेको छ ।

सहकारीमा खुल्लम् खुल्ला दोहोरो पदमा बसेर सहकारी ऐनको धज्जी उडाइरहने सहकारीका माउ निकायका नेताहरु अहिले पनि भन्ने गर्छन दोहोरो पदमा बस्नपाउनु पर्छ । त्यसैले सहकारी विभागले अव माफी पत्रको तयारी गर्दा नै बेस हो की ! कि कसो?



Leave a comment