कस्ता छन् संसदीय छानबिन विषेश समितिले छलफल गरेका ‘राम्रो संचालनमा रहेका सहकारी’

कस्ता छन् संसदीय छानबिन विषेश समितिले छलफल गरेका ‘राम्रो संचालनमा रहेका सहकारी’ :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्वन्धमा गठित संसदीय छानबिन विषेश समितिले सरोकारवाला संग छलफल गर्ने क्रममा राम्रो संचालनमा रहेका सहकारीसंग पनि छलफल गरेको छ । समितिले साउन १४ गते गरेको उक्त छलफलमा देशभरका ३४ सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समितिले सहभागीहरुसंग सहकारी संस्थाको संस्थागत पूँजी, सदस्य, कर्मचारी, शेयर, जगेडाकोष, बचत, लगानी, कुल सम्पत्ति, सदस्य शिक्षा, संस्था एकीकरण, महिला सदस्य, जेष्ठ सदस्य, बालबालिका र युवा सहभागिताका विषय तथा संस्थाका नियमित सामाजिक कर्मजस्ता विषयमा छलफल गरेको छ ।

छलफलमा झापाको सहारा नेपाल साकोस र नेपाल बहुउद्देश्यीय सहकारी, सुनसीको किसान कल्याण साकोस, सिमरा बाराको हातेमालो साकोस, पर्साको कान्तिपुर साकोस । त्यसैगरी चितवनको युनिक साकोस, धादिङको जनकल्याण साकोस, नवलपरासीको विकू, नवप्रतिभा, किसान साकोस र गण्डकी साकोस गैंडाकोटको सहभागिता रहेको थियो ।

त्यसैगरी काठमाडौंको चन्द्रागिरि साकोस, ललितपुरको कल्याणकारी साकोस, काभ्रेको बिन्धवासिनी र ज्योतिमिर्मिरे सामुहिक साकोस । दोलखाको मिलिजुली कालिञ्चोक, जनसचेतन साकोस, बागलुङको सिवाईसी साकोस, कास्कीको पोखरा रोयल साकोस रहेका थिए ।

रुपन्देहीको जनउत्थान साकोस, कोलिय देवदह साकोस र प्रगतीशिल महिला बहुउद्धेश्यीय सहकारी तथा कैलालीको नवजीवन सहकारी, किसान बहुउद्देश्यीय सहकारी, कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी पनि छलफलामा थिए । बर्दियाको सिको साकोस र हाम्रो मध्यवर्ती साकोस, सुर्खेतको वीरेन्द्रनगर साकोस र जनहितकारी साकोस लगायतका संस्थाको प्रतिनिधित्व रहेको थियो ।

अधिकांश सहकारीले बचत ऋणका अलवा सदस्य केन्द्रित रहेर आर्थिक, सामाजिक र सास्कृतिक उत्थानकालागि काम गरेको उल्लेख गरे । सहभागीहरुले सहकारी मार्फत कोखदेखि शोकसम्म, जन्मदेखि मृत्युसम्मको सेवा दिइरहेको बताए ।

विभिन्न क्षेत्र र भुगोलमा रहेर सहकारीले समाजका हरेर पाटोमा योगदान दिएको सहभागीहरुको भनाइ थियो । समितिका सदस्यले पनि सहकारीले समाजमा पुर्याएको योगदानको चर्चा गरे । समितिका सभापति सूर्य थापाले देशभरिबाट सुशासनमा चलेका, राम्रोसंग चलेका सहकारीका प्रतिनिधिसंग छलफल भएको बताए ।

उनले छलफलबाट केही सहकारी मात्र बिग्रेका र धेरै सहकारी राम्रोसंग संचालनमा रहेको जानकारी पाएको बताए । उनले त्यस्ता सहकारीहरुले गरेको काम सुन्दा सहकारीप्रति नकरात्मक भाष्य सिर्जना गर्ने, नकरात्मक प्रभाव पार्ने र यो क्षेत्रलाई नै तहसनहस पार्ने दुष्प्रयास भइरहेको छ भन्ने कुराको अनुभूति भएको बताए ।

उनले छलफलबाट सहकारीले नेतृत्व विकासमा, गरिबी निवारणमा, समाज उत्थानमा सामाजिक कुरिति, भेदभावको अन्त्यमा धेरै योगदान गरेको पाइएको बताए । यो क्षेत्रलाई अझै बलियो बनाउन उत्पादन क्षेत्रमा र सेवाको क्षेत्रमा लाग्न सहकारीलाई प्रोत्साहन गर्नुपर्ने देखिएको बताए ।

सहकारीले सदस्यलाई सामाजिक कर्मसंगै मोबाइल बैंकिङ, एसएमएस, क्युआर भुक्तानी, एटिएम सेवादेखि रेमिटेन्सलगायतको सेवा प्रवाह गरेको जानकारी दिए । अधिकांस सहकारी संस्थाहरुले ऐनले ब्यवस्था गरेको संरक्षित पूँजी फिर्ताकोषको रकम बाँडफाँढ गर्ने गरेको पनि बताए ।

हामीले सोही समितिले छलफल गरेका सहकारीले प्रकाशन गरेको पछिल्लो बिवरणका आधारमा ३१ वटा संस्थाको मुख्य बित्तिय विवरणहरु मात्र लिएर यो समाचारका रुपमा प्रस्तुत गरेका हौं । यसमा संस्थाको वित्तिय अवस्थाको आधारमा क्रमवद्ध पनि गरेका छौं ।


 



Leave a comment