हाइलाइट

रुल्स ब्रेक गर्नखोज्नेलाई हाम्रो सफ्टवेयरको सेवा दिदैनौं

रुल्स ब्रेक गर्नखोज्नेलाई हाम्रो सफ्टवेयरको सेवा दिदैनौं :: Sahakari Akhabar

सहकारीका छाता संगठनहरुले सफ्टवेयरको बिजनेस गर्नुभन्दा यसका नीति नियमहरु बनाइदिएर यस क्षेत्रलाई ब्यवस्थित बनाइदिनु पर्छ भन्ने लाग्छ । सहकारीमा सेवा दिइरहेका सफ्टवेयरहरुलाई ब्यवस्थित गर्न गुणस्तरको बर्गिकरण गरी नियममा बाँध्ने कानुन निर्माणमा सहयोग गर्नुपर्छ भन्ने लाग्छ ।

हिले सफ्टवेयरका विषयमा सहकारी बजारको अपेक्षा हाई छ । सहकारीले गर्ने नियमित बचत तथा ऋणको कारोबारको अलवा पनि त्यसमा इन्टरनल प्रोसेस म्यानेजमेन्ट देखि अडिटको कुरा, हाइली अटोमेसन सिष्टमलगायत वानस्टप सोलुसनको माग भइरहेको पाइन्छ । क्लाउडमा आधारित सिष्टम, क्लाउडवेस एप्लिकेसनहरु र मोबाइल बैंकिङजस्ता कुराको माग सहकारीमा भएको पाइन्छ।

सहकारीलाई वानस्टप सोलुसन चाहिएको छ । त्यो भनेको, सहकारीलाई नियमित कारोबारमा बचत तथा ऋणको कारोबार बाहेक सदस्यलाई चाहिने मोबाइल बैंकिङ, आन्तरिक ब्यवस्थापनजस्ता कुराहरुलाई एउटै सिष्टम भित्र राख्न मिलोस्, त्यसकोलागि बेग्ला बेग्लै सफ्टवेयर चलाउन नपरोस्, डकुमेण्ट म्यानेजमेन्टको कुराहरुमा पनि छुट्टै सफ्टवेयर चलाउन नपरोस भन्ने हो । सहकारीलाई नियमित काममा चाहिने सवै सेवा एउटै सफ्टवेयरबाट पाउनु नै वानस्टप सोलुसन हो।

नेपालमा विभिन्न प्रकृतिका सहकारीहरु छन्, सबैको भिन्न प्रकृतिको ब्यवसाय छ ।  बचत तथा ऋण, बहुउद्धेश्यीय, कृषि, दुग्ध, उपभोक्तालगायतका सवै प्रकृतिका सहकारीलाई आफ्नो सेवा अनुसारको सुविधा एउटै सफ्टवेयरमा हुँदा सजिलो हुन्छ ।

मुख्यतया सहकारीले मूल्यको आधारमा सफ्टवेयर छनोट गर्नुहुन्न, सहकारीको क्षमता र आवश्यकता अनुसार सफ्टवेयरको सेवा हेरेर अनि अरुको देखासेखी नगरी छनोट गर्नुपर्छ । सुरुमै बाराम्बार चेन्ज गरिरहनु नपर्ने सफ्टवेयर छनोट गर्दा राम्रो हुन्छ।

डाटा रेक्यूरिटीको पनि कुरा हेर्नु पर्छ, सफ्टवेयरमा एक्सेसको पनि कुरा आउँछ, नेटवर्क, भिपिएनको कनेक्टीभिटी मिलाइएको छ की ! छैन, थर्ड पार्टीसंग इन्टिग्रेड गर्न मिल्छ की ! मिल्दैन जस्ता कुराहरु हेर्दै कम्प्लायन्सलाई एकदमै ध्यानदिएर छनोट गर्नुपर्छ । अहिले प्याकेजबेस एप्लिकेसन आएका छन्, त्यसबाट आफ्नो संस्थालार्ई चाहिने सेवा मात्र पनि लिन सकिने हुन्छ ।

आवश्यकता अनुसार चाहिने सेवा थप्दै जाँदा राम्रो हुन्छ । सहकारीको सफ्टवेयर किन्नु भनेको घर बनाएको जस्तो हो, आवश्यकता अनुसार तला थप्दै गएजस्तै सफ्टवेयरमा पनि संस्थाको क्षमता र सदस्यको माग अनुसार थप गर्दैजाँदा राम्रो हुन्छ।

सहकारीलाई प्रविधिको आवश्यकता धेरै छ, प्रविधिको प्रयोग बचत तथा ऋण सेवाकालागि मात्र प्रयोग गर्नु भएन, अन्य उद्देश्यका सहकारीले पनि आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्नु जरुरी छ । डिजिटाइजेसन भनेको मोबाइल बैंकिङ र एटिएम सेवा मात्र हैन, सहकारीले सदस्यलाई दिने सवै प्रकृतिका सेवालाई आधुनिकिकरण गर्ने हो ।

दुग्ध सहकारी, कृषि सहकारी, उपभोक्ता सहकारी लगायत सेवामूलक सहकारीले पनि अव डिजिटाइज हुन जरुरी छ । बचत तथा ऋण सहकारीका सेवा भिन्न भएपनि आफूले दिने सवै सेवालाई प्राविधिक र आधुनिक तरिकाले दिने सेवा नै डिजिटाइजेसन हो ।

सहकारीमा दक्ष जनशक्ति उत्पादन गर्न सकियो भने सहकारीको प्रगती हुँदैजान्छ । सहकारीलाई सफ्टवेयर प्रदायकहरुले पनि सरकारको नीति निर्देशनलाई पालना गर्दैजाने र नीति नियलाई फलोअप गरी कडाइका साथ पालना गर्ने गराउने हो भने सहकारीलाई ब्यवस्थित बनाउन सफ्टवेयरले भूमिका खेल्नसक्छ ।

हामीले पूर्णरुपमा ब्यवसायीकतालाई मात्र ध्यान दिएका छौं, कसैलाई कमिसन दिएर, कुनै पार्टीको पहुँच पुर्याएर र कुनै संघ संस्थाको चाप्लुसी गरेर सफ्टवेयर बेचेका छौनौं र बेच्दैनौं पनि । सहकारीमा सफ्टवेयर सेवा प्रदायकहरु धेरै हुनुहुन्छ तर स्वस्थ प्रतिष्पर्धा हुनुपर्छ भन्ने लाग्छ ।

सुरक्षाको पाटो धेरै महत्वपूर्ण हुन्छ, त्यो विषयलाई हामीले सम्झौताको बखत नै क्लियर गरिसकेका हुन्छौं । हामीले सहकारीको आवश्यकताको आधारमा बर्गिकरण गरेर सेवा दिएका छौं । हामीले सहकारीको आवश्यकता अनुसारको सफ्टवेयर बनाइदिने हो, संचालक वा ब्यवस्थापनले चाहेजस्तो बनाउने हैन ।

सहकारीका छाता संगठनहरुले सफ्टवेयरको बिजनेस गर्नुभन्दा यसका नीति नियमहरु बनाइदिएर यस क्षेत्रलाई ब्यवस्थित बनाइदिनु पर्छ भन्ने लाग्छ । सहकारीमा सेवा दिइरहेका सफ्टवेयरहरुलाई ब्यवस्थित गर्न गुणस्तरको बर्गिकरण गरी नियममा बाँध्ने कानुन निर्माणमा सहयोग गर्नुपर्छ भन्ने लाग्छ ।

सहकारी क्षेत्रलाई मर्यादित र ब्यवस्थित बनाउन सरोकारवालाहरुले  सहकारीका सफ्टवेयरहरुको पनि बर्गिकरण गरिनुपर्छ । सरकारले यसमा पनि नीति बनाउनु पर्छ । सहकारीमा हुने विभिन्न चुहावट रोक्न, मार्गनिर्देशन नै बनाएर अघि बढ्ने हो भने सहकारीमा शुद्धिकरण गर्न सफ्टवेयरहरुको ठूलो भूमिका खेल्नसक्छन ।

गुरु वनस्टप सलुसन हो । हाम्रो कम्पनीले बैंक वित्तिय संस्थादेखि सहकारीको सफ्टवेयरका साथै ट्रेडिङ बिजनेसकोलागि काम गरिरहेको छ । विषेश चाँही सहकारी क्षेत्रलाई फोकस गरेको छ । हाम्रो मेजर क्लाइन्ट भनेको सहकारी हो ।

गुरु भनेको लेटेष्ट टेक्नोलोजीमा आधारित छ, हाइली एडेप्टेड सिष्टम हो, युजरफ्रेण्डली छ र लेटेष्ट रिक्यारमेण्ट पुरा गर्छ । सजिलो, ब्याक सपोर्ट, फिल्डमा पनि राम्रो सपोर्ट क्लाउडबेस एप्लिकेसन भएकोले कम्प्लाएनस् मिट गर्छ । सहकारीमा कम्प्लाएनस् मिट नगरेको कारण समस्या आएको देखिएको छ ।

हाम्रो सफ्टवेयरमा आजको दिनमा सहकारीको रिक्यारमेण्ट अनुसार कम्ल्पिट छ । ग्रामिण भेगमा रहेका कृषि सहकारीलाई आवश्यक पर्ने देखि शहरमा रहेका ठूलो वित्तिय कारोबार गर्नेसम्मका सहकारीलाई एटिएम सेवासम्मको सुविधा छ ।

सुरक्षाको पाटो धेरै महत्वपूर्ण हुन्छ, त्यो विषयलाई हामीले सम्झौताको बखत नै क्लियर गरिसकेका हुन्छौं । हामीले सहकारीको आवश्यकताको आधारमा बर्गिकरण गरेर सेवा दिएका छौं । हामीले सहकारीको आवश्यकता अनुसारको सफ्टवेयर बनाइदिने हो, संचालक वा ब्यवस्थापनले चाहेजस्तो बनाउने हैन ।

सरकारी नीति नियमलाई संगै जोडेर, कुनै कोही कसुरमा नपर्ने गरी सहकारीको आवश्यकता अनुसार सफ्टवेयर दिएका छौं । जसले रुल्स ब्रेक गर्न खोज्छ, त्यस्तालाई हामी हाम्रो सेवा दिंदैनौं, त्यस्ता संस्था हामीसंग नआएर फरक पर्दैन ।



Leave a comment