हाइलाइट

सहकारीमा राजनीतिक दलको हस्तक्षेपले जुट हैन फुट ल्याएको छ

सहकारीमा राजनीतिक दलको हस्तक्षेपले जुट हैन फुट ल्याएको छ :: Sahakari Akhabar

पछिल्लो समय सहकारीको चर्चा सडकदेखि सदनसम्म चलेको छ । राज्यका उच्च तहका मानिसहरु पनि सहकारीको बचत अपचलनजस्ता आरोपबाट मुक्त हुनसकेको छैनन् । समग्रमा सहकारीप्रति आम सर्वसाधरणको गलत धारणा बनेको छ । नेपालको सहकारी अभियानले लगभग सात दशक पार गरिरहँदा सहकारीको साख झन खस्कँदै गएको छ । यिनै समसामयिक विषयमा सहकारी अखबारले उपसना महिला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष तथा काठमाडौं जिल्ला सहकारी संघकी बरिष्ठ उपाध्यक्ष अमरावती बलामीसंग गरेको कुराकानीको सार:-

सहकारी प्रति अहिले नकरात्मक धारणा वृद्धि भएको देखिन्छनी किन ?

सहकारी क्षेत्रले सातदशक पार गरिरहँदा यसको उपदेयीता, महत्व र यसको योगदानको विषयमा ब्यापक चर्चा परिचर्चा हुनुपथ्र्यो । यस बिचमा सहकारीले ग्रामिण तहदेखि सहरीक्षेत्र सम्मका ब्यक्ति, समाज अनि राष्ट्रलाई विभिन्न क्षेत्रबाट पुर्याएको योगदानको चर्चा हुनु पर्थ्यो ।

महिला वृति विकासमा पुर्याएको योगदान, साहु माहाजन प्रथालाई अन्त्य गर्दै ती सर्वसाधरणमा बचत गर्ने बानि बसालेको विषयमा चर्चा परिचर्चा हुनु पर्थ्यो । तर केही सहकारी र केही नियत खराब भएका ब्यक्ति र विषयमा मात्र चर्चा भएका कारण आम मानिसले सहकारीलाई हेर्ने विषयमा फरक धारणा पक्कै बनेको छ ।

यो अहिलेको सहकारीको अवस्थाले हो । तर अवका दिनमा पक्कैपनि सहकारीको योगदनको चर्चा हुनेछ । किनकी अहिलेको परिस्थितिले गर्दा सदस्य, अभियान र राज्यको चेत त खुलेको छ संगै सतर्क पनि गराएको छ । सहकारी शिक्षाको अभाव पनि हो र सरोकारवालाहरुले सहकारीका सकरात्मक पक्षको चर्चा गर्नै नचाहेर अनि नजानेर र  नबुझेर हो । तर अवका दिनमा सहकारी साँच्चै देशको अर्थतन्त्रको एउटा बलियो खम्बा बन्नेछ ।

किन यस्तो भयो भन्ने लाग्छ ?

ब्यक्तिगत स्वार्थले गर्दा हो भन्ने लाग्छ । सहकारी त सामुहिक स्वार्थकालागि काम गर्ने पद्धती हो नी । तर सहकारी मार्फत ब्यत्तिगत लाभको बाटो खोजिएकाले सहकारीप्रति नकरात्मक धारणाको विकास भएको हुनुपर्छ ।

सकरात्मक विकासकालागि जिल्ला सहकारी संघको भूमिका कस्तो हुनुपर्ला ?

जिल्ला सहकारी संघ काठमाडौंमा लगभग २ हजार सदस्य छन्, तर कहाँ कुन के अवस्थामा छन् सवैको यकिन तथ्याङ्क नहुनु संघको कमजोरी हो । नयाँ संचालक समितिले अव तदरुकताका साथ काम गर्देछ । आफ्ना संघमा भएका सहकारी संघ संस्थाको अवस्थाको बारेमा पूर्ण जानकारी राखेर उनीहरुको संरक्षण पनि गर्नु पर्छ भन्ने लाग्छ । जिल्ला संघहरुपनि अभियानका हिस्सा हुन् । सकरात्मक, नकरात्मक जे भएको छ, त्यसको भागिदार पनि बन्नु पर्छ र नराम्रो भएकोलाई राम्रो बनाउने जिम्मेवारी पनि बहन गर्नुपर्छ भन्ने लाग्छ ।

सहकारीका संघ संगठनहरु भोटबैंक मात्र भए भन्ने आरोप छ ?

सहकारीका छाता संगठको निर्वाचन सहितको र निर्वाचन नभएको वर्षको साधारण सभाको अवस्था हेर्दाखेरि त्यस्तै पनि हो की जस्तो देखिन्छ । संघका सदस्यहरुले पनि सही निणर्य लिन नसकेको अवस्था हो । आफू आवद्ध भएको संघको अवस्था के छ, के गर्दैछ, सदस्य संस्थाको हितमा काम गर्ने नेतृत्व छ छैन, संघलाई सवल बनाउन आफ्नो के भूमिका हुन्छ भन्ने जस्ता विषयमा जागरुकका काम भएका छैनन् । सदस्य सहकारीहरु पनि लेखापरिक्षक नियुक्तिकालागि सदस्य बन्ने तथा आफ्ना मान्छेलाई भोट हाल्नजस्ता काममा मात्र प्रयोग हुनुहुँदैन भन्ने लाग्छ ।

सहकारी अभियानमा राजनीतिक दलको हस्तक्षेप छ भनिन्छ नी ?

सवैक्षेत्रमा राजनीतिक दलको प्रभाव त परिहाल्छ, तर सहकारी क्षेत्र चाही राजनीतिक दलबाट प्रभावित भएको जस्तो देखिन्छ । त्यसैले सहकारी क्षेत्र पनि यो समस्याबाट अछुतो छैन् । तर सहकारी अन्य क्षेत्रभन्दा पृथक भएको हुनाले यहाँ दलगत राजनीति मिसाउनुहुन्न भन्ने लाग्छ ।

आस्था सवैको कुनै न कुनै पार्टीप्रति होला तर सहकारीमा सवैको एउटै बिचार हुनुपर्छ भनिएको छ तर त्यसो हुन सकेको छैन् । यसले सहकारी अभियानलाई घाटा नै भएको छ । सहकारी अभियान एकजुट हुनुपर्ने हो तर यसले फुट ल्याएको छ ।

सहकारी नेतृत्वमा दलको भागवण्डाले सहकारीको अहित भएको छ । यसले गर्दा सहकारी अभियान बुझेको, सहकारीमा योगदान भएको मान्छे पछि परिरहेको छ । राजनीतिक पहुँच मात्र भएको मान्छे नेतृत्वमा आउँदा अभियानले गति नलिएको हो ।

सहकारीको भविश्य उज्ज्वल छ । जसले सदस्यको आवश्यकता अनुसार अनि सदस्यको हित सोचेर संचालन गरिरहेका छन्, सदस्य केन्द्रीत भएर काम गरिरहेका छन् उनीहरुको भविश्य जुगौँ जुग छ । अहिले परेको केही भ्रमका कारण समग्र सहकारीको भविश्यमाथि प्रश्नचिन्ह लगाउन मिल्दैन ।

कमजोरी कहाँ भयो भन्ने लाग्छ ?

सहकारीको वर्तमान अवस्था र अहिलेका यी घटनाहरु हेर्दा प्रारम्भिक संस्था मात्र नभएर सहकारी अभियान र नेताहरु पनि सुर्धने बेला आएको हो भन्ने लाग्छ । यस्ता घटना परिघटनाले गर्दा सहकारीका विकृति विसंगतीमा सुधार आउलान, ऐन नियमहरु परिमार्जन हुँदै जालान ।

अहिलेपनि सहकारी कहाँ नै बिग्रेको छ र ?  जसले जे भने पनि जसले बिग्रेको मात्र देखेपनि सहकारीको योगदानको चर्चा नहुँदा त्यस्तो देखिएको जस्तो लागेको छ । केहीमा समस्या आएको हो तर सहकारी क्षेत्रनै बिग्रेको भत्केको चाही हैन । यो समस्याबाट धेरैले पाठ सिक्नुचाही पर्छ ।

जसले सहकारी सकियोजस्ता हल्ला फिजाएका छन् उनीहरुले सहकारी सिध्याउने र मास्ने खेल खेलिरहेका छन् । यसको प्रमुख कारण भनेकै सहकारीमा राजनीति हावी भएको हो । राम्रो गर्ने सहकारीले अहिले पनि राम्रै गरिरहेका छन् । सरकारले पनि गलत गर्नेलाई कानुनी दायरामा ल्याउन नसक्नु र राम्रो गर्नेलाई सम्मान गर्न नसक्नु पनि कमजोरी हो ।

सहकारीको योगदानको हिसाव किताव कसले राख्नुपर्ने हो ? माउ निकायको जिम्मेवारी के हो ?

पक्कै पनि सहकारीका शिर्ष संघहरुले सहकारीको योगदानको हिसाव किताव राख्नुपर्ने हो । संगसंगै राज्य चाही मुकदर्शक मात्र भएर बस्न मिल्दैन । उसंग पनि सहकरीले गरेको राम्रा विषको हिसाव किताव हुनु पर्छ । तर अहिले न राज्यसंग छ न अभियानसंग छ ।

त्यसैले सहकारीमा कसले गरेर विकृति आयो अथवा यो क्षेत्र कमजोर भयो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा, अभियान राम्रो बनाउन कसले के गर्यो र आ आफ्नो क्षेत्रबाट कसले के र कती योगदान गर्यो भन्ने विषयमा जिम्मेवार बन्नुपर्छ । सवैले आत्मसाथ गर्नु पर्छ । सवैले मःम भन्नुपर्ने समय आएको छ ।

सहकारी अभियानलाई मैले के दिनसके यो अभियान राम्रो बनाउन मेरो योगदान के भयो भन्ने कोणबाट सोचौं । अभियानमा समस्या आइरहँदा म कतिको जिम्मेवारी छु भन्ने पनि सोचौं । यो कोणबाट सोचिएन भने सहकारी अझै ठूलो दुर्घटनामा पर्ने खतरा छ ।

राज्यले सहकारीले गरेको के कुराको कदर गर्नसकेन भन्नेलाग्छ ?

सहकारी मार्फत आम सर्वसाधारणमा भएको रोजगारीका कुरा, स्वरोजगारका कुरा, महिला बृति बिकासका कुरा, आम मानिसमा बचत गर्ने बानिको विकास गरेको कुरा त्यसैगरी राज्यलाई कर तिर्नेदेखि अर्थतन्त्रमा पुर्याएको योदानको कदर भएको छैन् भन्ने लाग्छ । कदर गरेको भए, सहकारीले गरेका यस्ता कुराको खै सदनमा कुरा भएको ?

अधिकांश जनप्रतिनिधिहरु सहकारीका माध्यामबाट संसददेखि मन्त्रीसम्मपनि बनेका छन् । यस्ता धेरै विषय भएपनि राज्यले सहकारीको योगदानको कदर गर्नसकेको छैन् । अभियानले पनि सहकारीको योगदानको विषयमा चर्चा गर्नेगरी तथ्याङ्क दिनसकेको छैन ।

सहकारीको भविश्य कस्तो देख्नुभएको छ ?

सहकारीको भविश्य उज्ज्वल छ । जसले सदस्यको आवश्यकता अनुसार अनि सदस्यको हित सोचेर संचालन गरिरहेका छन्, सदस्य केन्द्रीत भएर काम गरिरहेका छन् उनीहरुको भविश्य जुगौँ जुग छ । अहिले परेको केही भ्रमका कारण समग्र सहकारीको भविश्यमाथि प्रश्नचिन्ह लगाउन मिल्दैन ।

विगतका नराम्रा सवै बढारिएर जानेछन् र सवै सरोकारवालाले सहकारीको उन्नतीकालागि काम गर्नेछन् भन्ने अपेक्षा छ । अभियानका नेतृत्वले नियत सफा राखेर पार्टीको नभइ सहकारी अभियानको कार्यकर्ता बनिदिनुपर्छ त्यसो भयो भने सहकारीको भविश्य सुन्दर छ ।

सुझाव ?

सहकारीका सदस्यले सहकारीको सहयोग बिर्सन मिल्दैन, तपाइलाई समस्या पर्दा सहकरीले कुनैशंका सहयोग गरेको भुल्नुहुन्न । अहिले केही सहकारीलाई समस्या पर्योहोला तर समस्या हुँदैगर्दा समाधानको बाटो पनि हुन्छ भन्ने तर्फ सोच्नु पर्छ । संस्थालाई समस्या पर्यो भन्दैमा सहकारीले हिजो लगाएको गुण नभुल्दिनुहोला ।



Leave a comment