हाइलाइट

सहकारीका लागि बैंकस्तरको सफ्टवेयर : मीरा इआरपी

सहकारीका लागि बैंकस्तरको सफ्टवेयर : मीरा इआरपी :: Sahakari Akhabar

मिरा‘क्लाउड बेस्ड’ इआरपी सिस्टम हो । जिमेल, फेसबुक जस्तै एप्लिकेसन सर्भिसका रुपमा यसको प्रयोग गर्न सकिन्छ । इन्टरनेट उपलब्ध रहेको सामान्य डिभाइसमा नै यो चलाउन सकिने भएकाले यसको प्रयोग गर्नका लागि सहकारी संस्थाहरुले पूर्वाधार निर्माण र जडानका लागि ठूलो लगानी तथा धेरै समयको खर्च गर्नु पर्दैन ।

मीरा इआरपी प्रयोग गर्दा संस्थाहरुले सर्भर, इन्फास्टक्चर, सेक्युरिटी, ब्याकअप प्रोसेसर, डिजास्टर रिकोभरी सेन्टर जस्ता प्राविधिक पूर्वाधारका लागि कुनै तनाव लिनु पर्दैन । सबै सुविधाहरु मीरा इआरपी मै उपलब्ध छ । सामान्य दैनिक काम गर्ने कर्मचारीबाट सेवा संचालन गर्न सकिन्छ ।

प्राविधिक पाटोको जिम्मा मीरा र नियोसिस टक्नोलोजीले लिन्छ । संस्थाहरु आफ्नो मुख्य व्यवसायमा मात्र केन्द्रीत हुन सक्नुहुन्छ । त्यसैले हामी मीरा इआरपी सहकारीलाई आवश्यक प्रविधिको रुपमा वान स्टप सोलुसन भन्दै आएका छौं ।

अहिलेसम्म हामी ५ वटा मोड्युलहरु लिएर बजारमा गइरहेका र्छौं । थप ५ वटा मोड्युलहरुका लागि पनि काम गरिरहेका छौं । सबै मोड्युलहरु बनिसकेपछि यसलाई हामी फुलफेजमा इआरपी भन्न सक्छौं । अहिले सदस्य तथा शेयर व्यवस्थापन, बचत तथा ऋणको कारोबारका लागि कोर बैंकिङ, कोर अकाउन्टिङ, अल्टरनेटिभ च्यानल अन्र्तगत मोवाईल तथा इ–बैंकिङ, एसएमएस बैंकिङ सेवा छ ।

यस्तै बजार प्रतिनिधिका लागि एमआर कलेक्टर एप्स बनाएका छौं । अहिले बजारमा ट्याबलेट बैंकिङ भनेर सफ्टवेयर भन्दा पनि ट्यावलेट बेच्ने खेलाडीहरु पनि छन् । तर, हामीले एन्ड्रोइड मोवाईल र कप्युटरमा चलाउन मिल्ने गरी एप्लिकेसन बनाएका छौं ।

आर्किटेक्चर वाइज हामी बाणिज्य बैंकहरुको बाटोमा छौं । अर्को सुरक्षामा पनि आजको दिनमा बैंकिङ रिफ्रेरेन्सन लिएर थ्रि लेयर अफ सेक्युरिटी कायम गरेका छौं । यस्तो चिजमा आज पनि सबै बाणिज्य बैंकले लगानी गरिसकेका छैनन् । तर, हामीले सुरुदेखि नै लगानी गरिसकेका छौं ।

अब मीरामा एचआर म्यानेजमेन्ट, फिक्स एसेट म्यानेजमेन्ट, डक्कुमेन्ट म्यानेजमेन्ट, बिजनेश प्रोसेस म्यानेजमेन्ट, कम्प्लाएन्स म्यानेजमेन्ट, विजनेश इन्टलिजेन्स जस्ता मोड्युलहरु थप्नका लागि काम गरिरहेका छौं । यस्तै अर्को चरणमा नेफ्स्कूनका लागि सदस्य संस्थाहरुको सुपरभिजन, उनीहरुले संचालन गरिएका क्वालिटी एस्युरेन्स कार्यक्रममा रिपोटिङ तथा मनिटरिङ सेवाका लागि समेत काम गरिरहेका छौं ।

मीरा इआरपी प्रोपर ‘सास’ टेक्नोलोजी हो । प्रोपर सास हुनका लागि क्लाउडमा मल्टिटेनान्डको व्यवस्था हुनुपर्छ । यसमा एउटा सहकारीको डेटाबेसले अर्को सहकारीको डेटाबेस चिन्नु हुदैन । बजारमा आजको दिनमा धेरै कम्पनीहरुले भिपिएन बेच्ने, ब्याकपका लागि अर्को मेसिन लिएर गर्ने र छुट्टै शुल्क लिने गरेको पनि पाइन्छ ।

हामीेले प्रोपर सास नै प्रयोग गरेका छौं । प्रविधि प्रयोग मल्टीटेनान्ड हुनुपर्छ, सिङगल एप्लिकेशन स्टार्ट हुनुपर्छ । कुनै नयाँ सहकारी मीरा इआरपीमा आउने वित्तीकै नयाँ सिस्टम, नयाँ मेसिन किन्नुपर्दैन । भएकोमा नै साइनअप गरेर तुरुन्तै सिस्टम डेलिभरी गर्न सक्छौं । त्यो हिसावले हामी प्रोपर सास प्रोभाइडर हो ।

सुरक्षाको पाटोमा मीरा इआरपी संवेदनशिल छ । प्राविधिक पूर्वाधारमा बैंकहरु कता जान खोजका छन् हामी पहिलो दिनदेखि नै त्यतै गाइडेड भएका छौं । सर्भर इन्फास्टक्चरमा हामीले खर्च पनि राम्रो गरेका छौं । त्यसैले सर्भर, एप्लीकेसनमा कुनै समस्या आउदैन ।

आर्किटेक्चर वाइज हामी बाणिज्य बैंकहरुको बाटोमा छौं । अर्को सुरक्षामा पनि आजको दिनमा बैंकिङ रिफ्रेरेन्सन लिएर थ्रि लेयर अफ सेक्युरिटी कायम गरेका छौं । यस्तो चिजमा आज पनि सबै बाणिज्य बैंकले लगानी गरिसकेका छैनन् । तर, हामीले सुरुदेखि नै लगानी गरिसकेका छौं । एकपटक लाइभ गएर सिस्टम सुरु भएपछि यस्ता परिवर्तन गर्न ग्राहो हुन्छ भनेर पहिल्यै ठूलो लगानी गरेका छौं ।

धेरै वटा सहकारीहरु जोडेपछि बाणिज्य बैंकको भन्दा ठूलो कारोबार हुने भएकाले सुरक्षाको पाटोमा पनि बाणिज्य बैंक सरह नै हुनुपर्छ भन्ने हो । मीरा इआरपीमा संचालन गर्न धेरै इन्टरनेट पनि खर्च हुदैन । न्यूनतम इन्टरनेट मात्र भए पुग्छ । दार्चुला, अछाम जस्ता आइएसपी नपुगेको ठाउँमा सहकारीहरुले फोरजीबाट काम गरिहनु भएको छ ।



Leave a comment