लामो समय सहकारी संस्थाहरुको व्यवस्थापनमा बसेर काम गर्दा अलगअलग सफ्टवेयरहरु प्रयोग गर्ने मौका पाए । ती सफ्टवेयरहरुबाट सहकारीका संस्थाका सबै आवश्यक्ताहरु पुरा गर्दैनन् । संस्थाले आफ्नो आवश्यक्ता अनुसार अलग अलग सफ्टवेयर चलाउनुपर्ने बाध्यता छ । त्यसैले संस्थाहरुका सबै आवश्यक्तालाई एउटै सफ्टवेयरबाट परिपूर्ती गर्ने लक्ष्यका साथ सास (सफ्टवेयर एज अ सर्भिस) मोडलमा मीरा इआरपी निर्माण भएको हो ।
अहिले सहकारी संस्थाहरुले धेरै कुरा जुटाएर सफट्वेयर संचालन गरिरहनुभएको छ । सफ्टवेयर प्रयोग गर्नका लागि सर्भर कम्प्युटर, मंहगामहंगा ‘इन्सटलेसन’ गर्नुपर्ने सफ्टवेयरहरु तथा उपकरणहरु किन्नुपर्ने बाध्यता छ । फेरी त्यो प्रविधि प्रयोग गर्नका लागि दक्ष प्राविधिक जनशक्ति पनि आवश्यक पर्छ । सर्भर म्यानेजमेन्ट गर्न आइटीको जनशक्ति व्यवस्थापन गर्नुपर्ने भार संस्थाहरुलाई छ ।
तर, मिरा इआरपी सफ्टवेयर चलाउनमात्र सिके पुग्छ, बाँकी व्यवस्थापन निर्माण कम्पनी नियोसीस टेक्नोलोजी आफैले गर्छौ । संचालनका लागि सहकारी संस्थाका कर्मचारीहरुलाई आवश्यक तालिम यहीबाट दिन्छौं । क्लाउड म्यानेजमेन्ट आफैले गरेका छौं । संस्थाहरुको नितान्त कम्प्युटर हार्डवेयर बाहेक अरु समस्याहरु हामी यहीबाट समाधान गरिरहेका छौं ।
वास्तवमा यो सफ्टवेयरमा काम गर्न धेरै सजिलो छ । अरु सफ्टवेयरमा देखिएका कमजोरीबाट सिक्दै यो निर्माण भएको छ । विषेश गरी हामीले सहकारीका प्रयोगकर्तालाई नै केन्द्रीत गरी यसलाई ‘युजर फ्रेन्डली’ बनाएका छौं । इन्ट्री गर्ने कर्मचारीहरुलाई सुरु सुरुमा असहज लाग्न सक्छ । हप्ता १० दिन चलाएपछि उहाँहरुबाट नै एकदमै सहज र सरल रहेछ भन्ने प्रतिक्रिया पाएका छौं । यसबाट हामी उत्साहित पनि छौं ।
अहिलेसम्म मीराको सेवा ५३ जिल्लामा विस्तार भइसकेको छ । हामी क्रमशः कभरेज बढाउन लागिरहेका छौं । संस्थाहरुले आफ्नो ठाउँबाटै हाम्रो सफ्टवेयरमा माइग्रेसन गर्ने तथा सेवा लिन सक्ने गरी व्यवस्थापन गरेका छौं । यसबाट संस्थाहरुको पनि समय बचत हुन्छ र हामीले पनि फिल्डमा नपुगी सेवा दिन सक्ने गरीे व्यवस्थापन मिलाएका छौं ।
बजारमा धेरै सफ्टवेयर भएपनि संस्थाहरुमा कस्तो सफ्टवेयर प्रयोग गर्ने भन्ने अलमल छ । सफ्टवेयरका ससाना समस्याले पनि सहकारी संस्थाहरुले हैरानी खेपिरहेका छन् । त्यसैले अबको आवश्यक्ता भनेको सास मोडेलको इआरपी सफ्टवेयर नै हो । सहकारीहरु सास मोडलकै सफ्टवेयरहरुमा जानुपर्छ ।
सहकारी संस्थाहरु यो सफ्टवेयरमा आउन चाहेको खण्डमा डेटा माइग्रेसनबाट काम सुरु हुन्छ । माइग्रेसनपछि उहाँहरुले त्यसलाई क्रस चेक गर्नुहुन्छ । डेटा ठिक छ भनेपछि यसको प्रयोग गर्न सुरु गर्नुहुन्छ । हामी उहाँहरुलाई सफ्टवेयर संचालनको तालिम दिन्छौं र निरन्तर प्राविधिक सहयोग गरिरहन्छौं ।
अहिले हामीसँग डेटा माइग्रेसनका लागि ८ जनाको टिम छ । संस्थाहरुलाई तालिम दिनका लागि छुट्टै विभाग छ । त्यसले संस्थाहरुको आवश्यक्ता अनुसार नियमित अनलाईन तालिम चलाइरहेको छ । सर्पोटका लागि ७ जना कर्मचारी छौं । हामीलाई मिसकल आएको १५ मिनेटभित्र कलब्याक गर्छौ ।
संस्थाहरुको आवश्यक्ता अनुसार ७ दिन २४ सै घण्टा सपोर्ट सर्भिस उपलब्ध छ । यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र जिल्ला बचत तथा ऋण सहकारी संघहरुको साझेदारीमा जिल्लाहरुका अभिमुखीकरण कार्यक्रम पनि गरिरहेका छौं ।
बजारमा धेरै सफ्टवेयर भएपनि संस्थाहरुमा कस्तो सफ्टवेयर प्रयोग गर्ने भन्ने अलमल छ । सफ्टवेयरका ससाना समस्याले पनि सहकारी संस्थाहरुले हैरानी खेपिरहेका छन् । त्यसैले अबको आवश्यक्ता भनेको सास मोडेलको इआरपी सफ्टवेयर नै हो । सहकारीहरु सास मोडलकै सफ्टवेयरहरुमा जानुपर्छ ।
आधारभूत प्राविधिक ज्ञान, सामान्य उपकरणको प्रयोग र थोरै समय खर्चेर यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ । यसले समय र लागत पनि घटाउछ र सहकारीको सेवा प्रवाहलाई चुस्त बनाउछ । सहकारीहरुको लक्ष्य प्राप्तीका लागि यो सहयोगी हुन्छ । (कुराकारीमा आधारित)
Leave a comment