सहकारीहरुले अव कसरी अघि बढनु पर्ला त ?

सहकारीहरुले अव कसरी अघि बढनु पर्ला त ? :: Sahakari Akhabar

झण्डै १७ अर्ब सम्पत्ति रहेको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको नेृतृत्व गरेका महेन्द्र गिरिलाई, सफल सहकारीकर्मीका रुपमा लिइन्छ । उनले सम्हाली रहेको उक्त सहकारी संस्थामा १ लाख ७१ हजार सदस्य रहेका छन् । कारोबारको आधारमा मूलुककै ठूलो संस्था पनि मानिएको छ । सहकारीका विभिन्न संघ संस्थामा रहेर अभियानसंग जोडिएका गिरिले पछिल्लो समय सहकारीको समस्या समाधानकालागि आफ्नो सामाजिक संजालमार्फत बुँदागत सुझाव राखेका छन् ।

सहकारीहरुले अव कसरी अघि बढनु पर्ला त ?

१ ऋणः आफूलाइ बैंक नसम्झेर सानो सानो लगानी गरौँ ताकी सदस्यहरुले पनि ऋणलाई बोझ नसम्झुन ।
२.बचतः सानो सानो दीर्घकालिन बचतलाई प्राथमिकता दिऔँ, ताकी बचत फिर्ता माग गर्न माइतीघर मण्डला पुग्नु नपरोस ।
३.संस्थागत पूँजीः संस्थाको जगेडा कोषलाई मजबुत बनाऔँ ।
४.बहुउद्देयीय कारोबारः संस्थाको संस्थागत पूँजी बलियो बनाएर मात्रै बहुउद्देयीय कारोबारलाई बिस्तार गर्दा जोखिम कम हुनेछ। 
५. लाभांस र सुबिधाः अब सदस्यहरुलाई Dividend को आशा देखाएर भन्दा पनि तालिम, सीप, बजार, उद्यमशिलता जस्ता विषयमा सदस्यलाई सहयोग पुर्याउन थालौँ, अव माछा मारेर दिने हैन, माछा मार्न सिकाऔँ।
६.ब्यावसायः सहकारीले थोरै नाफा कमाउदै सदस्यहरुको जिवनमा आइपर्ने समस्याहरुको समाधान हुने सामाजिक ब्यावसाय गर्नु पर्दछ ।
७. संचालक ऋणः सहकारीका संचालक, लेखा तथा उच्च ब्यावस्थापनले संस्था बाट ऋण नलिने ब्यावस्था गरौँ ।
८.ब्याजदरः ऋणको ब्याजदर Single Digit मा ल्याउन कोशिस गरौँ ।
९.एकीकरणः राम्रा राम्रा सहकारी बीच मर्ज प्रक्रिया अधि बढाउने, नराम्रो संस्थाहरुलाई सुधार योजनाकालागि राम्रो भएपछि मात्रै मर्जमा लैजाने प्रक्रिया थालौँ  ।
१०. ठूलो र राम्रो संस्था बन्नेः हुन त जति ठूलो, त्यती धुलो भन्ने चलन छ, त्यसमा उच्च सतर्कता अपनाउँदै ब्यावसायिक ब्यावस्थापन Team तयार गर्दै जोखिम मूल्यांकन गर्दै अघि बढीयो भने कुनै पनि संस्थाहरु संकटमा पर्दैन ।

समस्याग्रस्त सहकारीहरुलाइ पुनर्जिवित कसरी गर्न सकिएला त ?

१. धैर्यता राख्नेः संस्था संकटमा मात्रै हो, हामी जसरी पनि पहिलेको अवस्थामा ल्याएर छोडने छौं भनेर Self Confidence बन्ने ।
२. Team Work: यो अवस्थामा संचालकहरुमा एक अर्कामा दोषारोपण र पुरानो रिसइवी साध्ने सोच हुन सक्छ, यी सबै कुरा छोडेर संस्था रहे हामी बच्ने छौँ, भनी ऐक्यबद्धता साथ काम गर्ने ।
३ स्वेत पत्र जारीः संस्थाको सम्पती र दायित्वको अवस्था के छ ? हामीले खाइ मासेको होइन, तर आर्थिक मन्दीले ऋण मात्रै नउठेको हो वा अचल सम्पतीमा लगानी भएको हो भन्ने कुरा यथार्थ बिवरण तयार गरि सबै सरोकार तथा शेयर सदस्यहरुलाइ  जानकारी गराउने ।
४.सदस्य भेलाः संस्थालाई अति नै माया गर्ने र पर्दा काध नै थाप्ने शेयर सदस्यहरु १०० देखि ५०० जना भेला गरि यथार्थ जानकारी गराउने र संस्था बचाऔँ भनि अनुरोध गर्ने । आवश्यक परे हामी बचतमा पैसा राखी दिनसक्छौं भन्ने ढाडस दिउन ।
५.अचल सम्पती बिक्री गर्नेः संस्थासंग भएको घर जग्गा, गाडी, शेयर जे÷जे छ तरलतामा परिणत गर्ने ।
६. बाहय ऋणको ब्यवस्थाः संचालक र कर्मचारीहरुको धितो राखी बचत फिर्ताको लागि बाहय ऋण लिने ।
७. बचत फिर्ता योजनाः संकट परिसकेपछी तुरुन्तै पैसा फिर्ता गर्न सकिदैन । त्यसैले न्युनतम ५ बर्ष भित्र बचत फिर्ता गरिसक्ने योजना बनाउनु पर्दछ । पहिला सानो बाट ठूलो पैसा फिर्ता गर्ने योजना बनाउनु पर्दछ ।
८. रिकभरि गर्न कानुनी प्रक्रियामा जानेः संकट परिसकेपछी पैसा तिर्नु पर्दैन भनेर ऋणि सदस्यहरुले आलटाल गर्नसक्छन । त्यसैले हर्जना छुट सुविधा दिएर ऋण असुली गर्ने, अटेरी गर्नेलाई कानुनी प्रक्रियामा गएर असुलि गर्नु पर्दछ ।
९.नियमित कारोबार गर्नेः संकट पर्यो भनेर हतास मनस्थिति भएर कारोबार नगरी बस्ने हैन, नियमित बचत गर्ने कार्यलाई निरन्तरता दिनु पर्दछ ।
१०. संचालक र ब्यावस्थापन बाट नै घोटला भएको छ भने त संस्था बच्न गाह्रो नै पर्छ । त्यसमा रामराम मात्रै भन्न सकिन्छ । आर्थिक मन्दी र कोभीडको कारणले तरलताको समस्या मात्रै भएको हो भने, आनन्दले सहकारी संस्थालाई पुनर्जीवन दिन सकिन्छ । समस्या बाट नभागौं, उच्च मनोवलका साथ संस्था बचाउन लागौं । जय सहकारी !



Leave a comment