हाइलाइट

सहकारीलाई उच्च मनोबलको खाँचो छ

सहकारीलाई उच्च मनोबलको खाँचो छ :: Sahakari Akhabar

जबाट २०८० साललाई बिदाई गरेर २०८१ साललाई स्वागत गर्दै छौँ । भोलीदेखि नयाँ बर्ष, नयाँ जोश, नयाँ जाँगर र उमङ्ग बोकेर नयाँ यात्रा सुरु हुनेछ । अघिल्लो बर्ष सहकारीका लागि त्यति सुखद हुन सकेन ।

कोभिडको बहाना सकिन नपाउँदै रुस–युक्रेनको युद्धका कारण विश्वब्यापी आर्थिक क्षेत्रमा आएको मन्दीले नेपाली अर्थतन्त्र पनि प्रभावित पार्यो नै । सिङ्गो अर्थतन्त्र सँगै वित्तीय क्षेत्रमा देखिएको मन्दीको असरबाट सहकारी क्षेत्र पनि अछुतो रहन सकेन ।

उसै त कानुनी अस्पष्टता, नियामकीय कमजोरीपन र अभियान भित्रको बिकृतिले लय समाप्त नसकेको सहकारी क्षेत्र यति बेला विश्वासको मतमा पनि संकट खेपिरहेको छ ।

विशेषत तरलता अभावलाई पुरा गर्न र सदस्यको विश्वासको खडेरीले सहकारीलाई पिरोल्न थालेको छ । समस्याहरु बढीरहँदा पनि सहकारी क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउन सङ्घीय सरकारदेखि स्थानीय सकारबाट ठोस योजना नहुनु दुखदः र हास्यस्पद कुरा हो ।

स्थानीय सरकारसँग दर्तादेखि नियमनसम्म अधिकार भएकाले नेतृत्वले सहकारीलाई थप प्राथमिकता दिएर कार्यक्रम अघि बढाउने आशा गर्न सकिन्छ । अव स्थानीय सरकारलाई ‘फाउन्डेसनको बहानामा सहकारीलाई वेवास्ता गर्ने छुट छैन् ।

बितेका वर्षमा सहकारीको अभिलेख खोज्नेदेखि आवश्यक ऐन, कानुन, मापदण्ड बनाउने विषयमा समय बेतित् भइसकेको छ । स्थानीय तहमा कृषि उद्यमशीलता अघि बढाउन स्थानीय सरकारको उच्च प्राथमिकतामा सहकारी भएपनि प्रगती न्यून छ ।

अर्कोतर्फ स्थानीय तहको नेतृत्वमा भएका व्यक्तिहरुले भोटका लागि सहकारी लाई मुख्य आधार बनाएका थिए । कतिपय ठाउँमा उम्मेदवारमा दावेदारी गरेका व्यक्तिहरु सहकारीकर्मी नै थिए ।

अहिले पनि स्थानीय तहदेखि संघिय सरकारमा सहकारीमा भिजेका र बुझेका व्यक्ति आउने क्रम जारी छ । देश बजेट निर्माणको चरणमा पनि छ, त्यसो भएकाले आगामी दिनमा सरकारका कार्यक्रम तथा बजेटमा सहकारीले प्राथमिकता पाउने आशा पनि छ ।

सहकारी ऐन २०७४ ले व्यवस्था गरे अनुसार सहकारीको कर्जा सूचना केन्द्र, स्थिरिकरण कोष, बचत तथा ऋण सुरक्षण कोषलगायतका काम पनि अघि बढेका छन् । यो वर्ष ती सबै प्रावधानहरू कार्यान्वयन आएमा सहकारीलाई व्यवस्थित गर्ने विषयमा थप प्रगति हुने आशा पनि सहकारी अभियानको छ ।

सहकारीलाई सिद्धान्त, ऐन कानुन अनुसार अघि बढाउने अब्बल नेतृत्वतहबाट पहल हुनेछ । नीति भन्दा नैतिकतालाई प्राथमिकता दिएर सहकारीको उत्थानमा सरोकारवाला लाग्ने हो भने, ब्यवस्थित सहकारी अभियानको मुहार हेर्न अर्को वर्ष कुर्नु पर्दैन । 

सहकारी अभियान भित्र र आम सर्वसाधारणमा पनि सचेतना उत्तिकै बढेको छ । हिजो जस्तो अब सहकारीका नाममा बचत सङ्कलन गरेर ‘ठग्न’ र हिनामिना गर्न त्यति सजिलो छैन । गलत नियतले काम गर्ने व्यक्तिहरू धमाधम कारबाहीको दायरामा आउन पनि थालेका छन् ।

यसै गरी सर्वसाधारणमा वित्तीय साक्षरता वृद्धि भएकाले सर्वसाधारणले सहकारी के हो ? कस्ता संस्थामा सदस्य बन्ने ? त्यहाँ सदस्य भएपछि आफ्नो भूमिका र कर्तव्य के हो भन्नेजस्ता विषयमा जागरुक भएका छन् ।

ग्रामीण क्षेत्रमा सहकारीबाटै सर्वसाधारणमा उद्यमशीलताको बिकास पनि हुदै छ । जसले आगामी दिनमा सहकारी दिगो विकासको बाटो निर्माण हुनेमा आशावादी हुन सकिन्छ ।

यसै गरी पछिल्लो समयमा बढेको प्रविधिको प्रयोग पनि सहकारी बिकासमा आशावादी हुने ठाउँ छ । संस्थाको लेखा प्रणालीदेखि सदस्यको कारोबारसम्ममा प्रविधिको प्रयोग बढिरहेको छ । यसले कारोबारलाई सहजता त बनाएकै छ अर्कोतर्फ संस्थागत सुशासनमा यसको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

चन्द्रमामा पनि दाग हुँदो रहेछ भने झै, सहकारीहरुमा पनि समस्यै समस्याका बिचमा सम्भावना पनि उत्तिकै छन् । आशावादी बन्न सकिन्छ की ! थोरै मात्र सहकारी बिग्रिएका हुन् भनेर जिम्मेवार व्यक्तिको अभिब्यक्ति आउने छैन ।

सहकारीलाई सिद्धान्त, ऐन कानुन अनुसार अघि बढाउने अब्बल नेतृत्वतहबाट पहल हुनेछ । नीति भन्दा नैतिकतालाई प्राथमिकता दिएर सहकारीको उत्थानमा सरोकारवाला लाग्ने हो भने, ब्यवस्थित सहकारी अभियानको मुहार हेर्न अर्को वर्ष कुर्नु पर्दैन । सहकारीलाई उच्च मनोबलको खाँचो छ । यसमा सबै सरोकारवालाहरुलाई सफलता मिलोस् । नयाँ वर्षको शुभकामना ।



Leave a comment