हाइलाइट

सहकारीमा अवको यात्रा डिजिटलाइज, डिजिटलाइजेसन र अटोमेसन

सहकारीमा अवको यात्रा डिजिटलाइज, डिजिटलाइजेसन र अटोमेसन :: Sahakari Akhabar

हकारी भन्ने वित्तिकै समान आर्थिकस्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ती आर्थिक कारोवार गर्न स्थापना गरिएको संस्था भन्ने बुझिन्छ ।

केही बर्ष अघि सम्म सहकारी संस्थाका दैनिक कार्यहरु परम्परागत प्रणाली चार खाताबाटै सम्पादन हुदै आएको थियो । बैकहरुले भने प्रबिधि मार्फत सेवा प्रदान गर्दथे । समयको बिकास सगै सहकारी संस्थामा नीति, विधि र प्रविधि मार्फत सदस्यलाई सेवा प्रदान गरी पारदर्शिता, सुशासन र विश्वसनीयता बढाउनुका साथै कारोबारलाई पनि व्यवस्थित बनाउनुपर्ने कुराको महसुस गर्न थालियो ।

त्यस पश्चात भने बजारमा विभिन्न फिनटक कम्पनिले सहकारी संस्थालाइ लक्षित गरी सफ्टवेयरहरू निर्माण गर्न थाले । फलस्वरुप सहकारीका हरेक वित्तीय कारोबार, दैनिक कार्यहरू र विभिन्न भुक्तानीका सेवाहरू प्रविधिका माध्यमबाट बिस्तार हुन सुरू गरे ।

पछिल्लो समय बिभिन्न फिनटक कम्पनिको सहकार्यमा प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने क्रम चलेको छ  । जसले विश्वसनीयता बढाउनुका साथै कारोबारलाई व्यवस्थित र स्मार्ट बनाउन सहयोग पुर्याएको छ । हाल नबिनतम् प्रबिधि मार्फत सहकारीका सेवाहरु रुपान्तरण गर्न गुणस्तरिय र बिश्वासिलो सफ्टवेयरको प्रयोग अनिवार्य जस्तै भएको छ ।

नबिनतम् प्रविधिलाई बुझ्न सकियो भने मात्र डेटा एनालाइसेस र मोनिटाइज गर्न सकिन्छ । प्रविधि मार्फत डेटालाई विश्लेषण गर्न सकिएन भने रणनीति योजना नै बनाउन सकिँदैन । अब सहकारीमा पेपरलेस अवधारणाको विकास हुँदै गएको छ । त्यसैले नबिनतम् प्रबिधिको प्रयोग मार्फत सहकारी क्षेत्रलाई डिजिटलाइज, डिजिटलाइजेसन र अटोमेसन गर्न आवश्यक छ।

डिजिटलाइज, डिजिटलाइजेसन र अटोमेसनले सहकारीको कार्य संचालनमा आधुनिकिकरण गर्ने, सेवामा नवप्रवर्तन,  पेपरमा आधारित कार्यलाई व्यापक सुधार, सदस्यलाइ छिटो छरीतो र स्मार्ट सेवा, मानविय कार्यलाई कम गराई लागत घटाउने, भविश्यमा पर्न सक्ने कानूनी जटिलतालाई न्युनिकरण गर्ने र सेवाहरुमा सदस्य सन्तुष्टि बढाउने कार्य गर्दछ ।  विशेष  गरि सहकारीको कागजमा आधारित कार्यहरुमा डिजिटलाइज, डिजिटलाइजेसन र अटोमेसन अत्यावश्यक भईसकेको छ ।

डिजिटलाइज

डिजिटलाइजले कागजमा आधारित दस्ताबेज र रेकर्डहरूलाई डिजिटल ढाँचामा रूपान्तरण गर्ने प्रक्रियालाई बुझाउँछ । सहकारी क्षेत्रमा, सदस्य पहिचान फारम, ऋण आवेदन, सदस्यका सस्थामा सेवा लिँदा पेश भएका कागजातहरू, ऋण सँग सम्बन्धित लिखत र अन्य वित्तीय विवरणहरू जस्ता भौतिक कागजातहरू स्क्यान गर्ने र तिनीहरूलाई इलेक्ट्रोनिक रूपमा भण्डारण गर्ने कायर्लाइ डिजिटलाइज भनिन्छ ।

कागजी कार्यको भौतिक भण्डारणको आवश्यकताहरू कम गर्न, कागजात हराउने वा मानबिय तथा प्राकृतिक क्षतिको जोखिमलाई कम गर्न, अधिकार प्राप्त कर्मचारीहरूलाई भौतिक उपस्थिति बिना बिधुतिय माध्यमबाट कागजातहरू, चेकजाच र पुन प्रयोगमा  सहजता प्रदान गर्दछ ।

हामीले सहजै बुभने भाषामा भन्नुपर्दा सहकारीमा रहेका सबै प्रकारका कागजातलाइ स्कान गरी इलेक्ट्रोनिक रूपमा भण्डारण र सुरक्षित गर्ने कायर्लाइ डिजिटलाइज भनिन्छ । यसले पेपरमा आधारित प्रणालीहरू वा मानव इन्टरफेसहरूलाई इलेक्ट्रोनिक माध्यममा परिवर्तन गर्दछ ।

डिजिटलाइजेसन

डिजिटलाइजेसनले सहकारीका सदस्यलाई डिजिटल प्रबिधि मार्फत सेवा प्रदानमा सहजता प्रदान गर्नु हो । जस्तै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ,  अनलाइन कर्जा आबेदन  फारम, अनलाइन सदस्यता, प्रबिधि मार्फत प्रक्रियागत कार्य, कागजात अनुमोदनका लागि इलेक्ट्रोनिक हस्ताक्षरहरू साथै ऋण लगानी कार्यमा मूल्याकन, जोखिम बिश्लेषण, परियोजनाको बिस्तृत बिश्लेषण साथै ऋण स्वीकृतीलाई स्वायत्तता  र सम्पूर्ण बैंकिङ इकोसिस्टमको व्यापक रूपान्तरणलाई जनाउँछ ।

डिजिटलाइजेसनले सदस्य अनबोर्डिङ, खाता व्यवस्थापन, ऋण जोखिम मूल्याङ्कन, र जालसाजी पत्ता लगाउने जस्ता विभिन्न बैंकिङ कार्यहरूमा डिजिटल प्रविधिहरू एकीकृत गर्न सहयोग गर्ने छ । डिजिटलाइजेसनले प्रक्रियाहरूलाई सुव्यवस्थित बनाउन, सदस्यका अनुभवहरू सुधार गर्न र सहकारीहरूलाई परिवर्तनशील बजार मागहरू र नियामक आवश्यकताहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयनमा महत्वपुर्ण भूमिका रहन्छ । साथै डिजिटलाइजेसनले इनपुट गरिएको डेटाका आधारमा बिश्लेषण, मूल्याकन गरि मानवीय उपस्थितीलाइ कम गराइ निणर्य कार्यमा सहजता प्रदान गर्दछ।

अटोमेसन

स्वचालनले सहकारीमा कागजमा आधारित प्रक्रियाहरूसँग दोहोरिने र म्यानुअल कार्यहरूलाई स्वचालित गरेर डिजिटलाइजेसनलाई पूरक बनाउँछ । स्वचालितीकरणले डेटा प्रशोधन, बिश्लेषण, सूचना प्रक्रिया, अनुसन्धान र मूल्यांकनलाई स्वचालित बनाई आवश्यक निर्णय लिन सहजता प्रदान गर्दछ । यसले कार्यमा समय र श्रमको बचत गर्दछ, गल्तीहरू र संस्थागत जोखिम कम गराई शुसासनमा संस्था संचालन गर्न सहजिकरण प्रदान गर्दछ ।

हामीले डिजिटलाइजेसन मार्फत इनपुट गरिएका डेटाको बिष्लेषण र प्रमाणिकरण पश्चात सहकारीमा प्रयोग हुने सबै प्रकारका म्यानुअल फारम, सेवा प्रबाहमा प्रयोग हुने हस्तलिखित कागज र ऋण लगानी तथा असुली कार्यमा प्रयोग हुने कागजात साथै कानुनी लिखतलाई स्वचालित बनाउनु नै सहकारीमा कागजी कार्यको अटोमेशन हो ।

अन्तमा, अन्य देशका बित्तिय संस्थाहरु कागजरहित हुँदा हामी अझै कागजमै आधारित छौं । अहिले पनि वित्तीय क्षेत्रमा कागजका दस्तोवेजहरु सुरक्षित राख्नुपर्ने कानूनी प्रावधान छ । भविष्यमा कुनै मुद्दा मामिला वा कानुनी जटिलता आइपरेमा अदालत तथा न्यायलयमा कागजी दस्ताबेज नै पेश गर्नु पर्ने हुँदा, पहिले कानूनी रूपमा भए पनि यस्तो बाध्यकारी व्यवस्था हटाइयो भने सहकारी क्षेत्र पूर्ण डिजिटाइजेशन भएको मान्न सकिन्छ । साथै प्रविधिमैत्री कानूनको पनि उत्तिकै आवश्यक छ । ( लेखक: अधिकारी,आकाश डिजिटलका प्रमुख कार्यकारी अधिकृत हुन् )



Leave a comment