हाइलाइट

सहकारीको यो विरोधाभाष ।

सहकारीको यो विरोधाभाष । :: Sahakari Akhabar

देशभरका करिव ३० हजार सहकारी मध्ये करिब १ सय वा १५० को हाराहारीमा सहकारी जस्ता तर प्राइभेट कम्पनीहरुले सहकारीमा अविश्वास निम्त्याए ।  इन्टरप्राइजेज, प्रा.लि. वा फाइनान्स कम्पनीका रुपमा चलाइएका सहकारीहरुमा संकट आयो।

तर बदनाम देशभरिका सहकारीको गरियो । मतलब जनस्तरको एउटा बजबुत संस्थालाई बिकृत बनाउनु थियो, वा समाजवादी अर्थतन्त्रको एउटा संभावनायुक्त आधारलाई तहसनहस गर्नु थियो । दलाल पूजिवाद वा विचौलिया पूजिवादका अनुयायीहरु सरकार, प्रशासन, दल र नेताहरुले मिसन पुरा गरे ।

आम सर्वसाधारण नागरिकहरु संग पुग्ने समाजवादी चरित्रका संस्था र मान्यताहरुलाई क्रमश भत्काए पछि पूर्ण विचौलिया दलालीको स्वर्णयुग आरम्भ हुन्छ । यो बारेमा उनिहरु पारंगत छन । त्यसैले यस कार्यमा दलका शिर्ष नेताहरुको सोझो सम्पर्कमा रहेकाहरुले नै सहकारी उद्यमलाई बदनाम गरे ।

हिजो नेपालका आधारभूत ठुला उद्योगहरुलाई निजीकरणका नाउमा जग्गा बिक्री गरियो । कागज कारखाना, चिनी कारखाना, जुट उद्योग, धागो कारखाना, कृषि औजार कारखाना, कपडा कारखाना, चुरोट कारखाना र सिमेन्ट कारखाना जस्ता नेपाली कच्चा पदार्थले सञ्चालन हुने उद्योगहरु मीठा कुरा र सुन्दर आवरणमा विक्रि गरी बन्द गरिए ।

परिणाम सिमेन्ट बाहेक अरु सबै उत्पादनमा हामी पराश्रित भएका छौ । हजारौै नेपालीहरु बेरोजगार बनाइए वा नेताहरुले मान्छे विक्री गर्ने बैध अखडा विस्तार गरिए । अव पालो जनस्तरमा आधारित सहकारीको हो ।

यसलाई सिद्याउन पाउदा मिटर ब्याजी र उनिहरुका संरक्षकहरुको स्वर्णयुग शुरु हुनेछ । लाखौ नागरिक आवद्ध यो संस्थालाई मटियामेट बनाउन सबै दलहरु, सरकार, प्रशासन र स्वयं सहकारीको आवरणमा देखिएका यसका “अभियन्ता”हरु समेत लागेका छन । त्यसैले सहकारीको शुद्धीकरण संकटमा छ ।

१२ बजे सम्म फाइनान्स र बैंकको सञ्चालक १ बजे पछि सहकारी अभियन्ताको पगरी । फेरी सहकारी केन्द्रिय संघहरुमा उनिहरु । सहकारी उत्पादन प्रणाली, सहकारी वितरण प्रणालीमा रुचि नभएका होइन कि त्यसप्रति नै वैरभाव राख्नेहरुलाई आधारभूत सहकारीकर्मीहरुले नेता मान्नु पर्ने बाध्यता छ । त्यसै कारणले सहकारी संस्कार र संस्कृति विलुप्त गराइने कार्य प्रायोजित हुदैछ । 

जसरी छोरा छोरीको विवाह पाँचतारे होटलमा आयोजना गर्ने कम्युनिष्ट नेताहरुबाट नेपाली वामपन्थी आन्दोलन गुमराह र धोकामा परेको छ, सहकारीको शुद्धीकरण पनि मिटर ब्याजी, फाइनान्स र बैंक मालिकहरु र दलको निर्देशनमा समाजवादी अर्थ ब्यवस्था, सामाजिक उत्पादन र वितरणको चक्र ध्वस्त पार्न कृयाशीलहरुको अधिनस्थ छ ।

१२ बजे सम्म फाइनान्स र बैंकको सञ्चालक १ बजे पछि सहकारी अभियन्ताको पगरी । फेरी सहकारी केन्द्रिय संघहरुमा उनिहरु । सहकारी उत्पादन प्रणाली, सहकारी वितरण प्रणालीमा रुचि नभएका होइन कि त्यसप्रति नै वैरभाव राख्नेहरुलाई आधारभूत सहकारीकर्मीहरुले नेता मान्नु पर्ने बाध्यता छ । त्यसै कारणले सहकारी संस्कार र संस्कृति विलुप्त गराइने कार्य प्रायोजित हुदैछ ।

हामीले विभिन्न कार्यमा सहकारीका उच्च पदस्थहरुबाट पटक पटक सुन्ने गरेको एकै खालको रटान हो – “सहकारीको पूजीँलाई उत्पादन, आय आर्जन र रोजगारीमा उपयोग गर्नु पर्छ ।” तर कृषि तथा उत्पादन मूलक विशिष्टिकृत सहकारी संघमा लगानी गरेमा लगानी रकमलाई प्रोभिजन गर्नु पर्छ भन्ने नेफ्स्कूनको विगतको नेतृत्व, उत्पादन मुलक तथा कृषि उत्पादन र बजारीकरणका लागि वास्ता नगर्ने  सहकारी संघ र विदेश भ्रमणका महंगा बिल प्रारम्भिक सहकारीलाई तिराउने साना किसान सहकारीका नेतृत्वहरुलाई समाजवादी अभियानका महान नेता मानिदिनु पर्ने श्रापबाट हामी सबै अभिसप्त छौं ।

नेपालका सबै दलका शिर्ष नेतृत्व मण्डली सहकारी प्रति असहज छ । त्यसकारण केहि होलान । जसमध्ये – उनिहरुका प्रायोजकहरुले सहकारीका विरुद्ध भनसुन गरेका हुनसक्छन । अर्को कारण– कतिपय “ठुला नेताहरुको” अदृष्य आयको ठुलो रकम ठुला सहकारीमा राख्दा डुवेको पनि हुन सक्छ  (केही उदाहरण पनि छन) ।

अर्को कारण दलाल विचौलिया पूजीँवादले उनिहरुलाई दलको प्रतिष्प्रधी संगठन हो, खतम गर्नु पर्छ भनेर पढाएका पनि हुन सक्छन । सबै भन्दा महत्वपूर्ण कुरा दलका नेताहरु आम नागरिकहरु सक्षम र सार्वभौम भएको देख्न चाहदैनन । त्यसैले हरेक दलका केन्द्र देखि जिल्ला तहसम्म सहकारी विभाग वा यस्तै निकाय भए पनि दलका प्रमुख नेताहरु सहकारी मैत्री छैनन ।

एउटा घटना हेरौं – दलका एकजना स्थानीय नेता गाउको दुध सहकारी संस्थाको ब्यवस्थापक थिए । तलब मनग्य नै थियो । किसानको सहकारीमा उनै हर्ताकर्ता र पहुचवाला थिए । ३ बर्ष उनले हिसाव किताव नबुझाएको कारण संस्थाको बार्षिक साधारण सभा नै हुन सकेन ।

गाउलेहरुले उनको पहुँच र दलीय आवद्धताले गर्दा उनलाई कानूनी र भौतिक कार्यवाही गर्ने कार्यमा लागेनन । पछि निर्वाचनका समयमा करिब ३५ लाख रुपैया हिनामिना गरेको उनले बेरुजु तिरे पछि साधारण सभा भयो । सायद उनले त्यो सहकारी छाडे । लगत्तै उनको आफन्तका कारण उनी सहकारीको सरकारी उच्च ओहदामा पुगे ।

अहिले जिल्लाको दलको सहकारीको प्रमुख उनै छन । केही दिनमा उनी केन्द्रिय नेता हुने कुरामा कुनै सन्देह छैन । अनि विचरा इमान पूर्वक सहकारी सञ्चालन गरेका सहकारीकर्मीहरुले उनै दूध चोर्ने ढाडे विरालोका निर्देशन सुन्नु र पालन गर्नु पर्नेछ । दलहरुको सहकारी यस्तै हो ।

सहकारीमा रमाइलो चर्तिकला एउटै मान्छे आज एउटा जिल्लाको प्रारम्भिक सहकारी संस्थाबाट प्रतिनिधी बन्छ, भोली अर्को जिल्लाको संघबाट प्रतिनिधी बन्छ । यो कसरी सम्भव हुन्छ ? तर नेपाली दलीय स्वार्थको सहकारीतामा यो सबै सम्भव छ ।

नेताका खोपीको उर्दि अनुसार जिल्ला जिल्लामा अनुहार नै नदेखाई, मावली र ससुरालीको समेत साइनो नपर्ने जिल्लाबाट प्रतिनिधी बन्ने भए पछि सहकारीमा रुपन्देहीका कृष्ण नेपालले जस्तै प्रदेश भरी सहकारीको विकास गर्छु भनेर आफ्नै खर्चमा दौडेर किन उल्लु बन्ने ? दलका नेतालाई चाकारी गर्ने, कुनै नपुगेकै जिल्ला होस प्रतिनीधी बनाइए भयो नि।

विषयगत सहकारीमा निर्वाचनमा हारेका ब्यक्तिलाई अर्कै जिल्लाका नाममा महासंघमा ल्याउनै पर्ने दलीय सायद यस्तै कथाका श्रोत हुन सक्छन । अर्थात स्वाभिमान, आत्मनिर्भरताको प्रतिक सहकारीलाई पराधिन, दासता र अनुचरहरुको संगम बनाउन दलहरु प्रयासरत छन ।

सहकारीता दल, देश, धर्म, जात र संस्कृति भन्दा माथी हुनु पर्ने हो । किनकी यसले आम साना मान्छेलाई बाँच्न र मान्छेका रुपमा दरिएर क्षमताको विकास गर्न प्रेरित गर्छ । तर हामीकहाँ यसलाई दासता र परनिर्भरताको केन्द्रका रुपमा रुपान्तरण गरिदैछ । सहकारीको नेताका रुपमा दलबाट दज्र्यानी चिन्ह लगाएको कथित नेताले सहकारी उद्यमको विरोध गर्छ ।

आधा दिन बैंकको सञ्चालकका रुपमा खुला र अनियन्त्रीत बजारको भाषण गर्ने ब्यक्ति साँझ पख सहकारीमा निती र बिधी एवं सिद्धान्त र सहकारी सुद्धिकरणको भाषण छाँट्छ । यो भन्दा रमाइलो अरु केही पाइएला ? वाह हामी सहकारीकर्मी.....। माथि प्रस्तुत बिचार, लेखकका नीजि बिचार हुन् । 



Leave a comment