कुनै बिदेशी तालिम वा बिदेश भ्रमणबाट सिकेकै कारण अब्बल व्यवस्थापन भएको हैन । सहकारीको सामान्य ज्ञान अनि त्यसको अक्षरस पालनाले परिणाम ल्याएको हो । यहाँ संचालक, व्यवस्थापक र सदस्यमा कुनै भिन्नता देखाइदैन । सबैमा संस्था प्रति अपनत्व छ आफ्नोपन छ र साच्चै जिवित सहकारी यहाँ छन् ।
मुलुकको आर्थिक समृद्धि र विकासका लागि सहकारी परिकल्पना गरिएको छ । नागरिकहरुको आर्थिक अवस्था सुदृढ नभएसम्म देशको विकास असम्भव जस्तै छ । आर्थिक समृद्धि सहकारी बाटै हासिल गर्न सकिने सम्भावना प्रसस्तै रहेका छन ।
स्थानिय रुपमा रहेका स्रोत साधन, मानविय संसाधन र शीपको उच्चतम उपयोग गर्दै कृषि क्रान्तिका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिईएको छ । तर सहकारीलाई सहकारी कै रुपमा सञ्चालन गर्न नसक्दा यस क्षेत्रमा समस्या देखिएको छ ।
उत्पादनमा सहकारी संघ संस्थाहरुको सहभागिता बढाउन सके मात्रै सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्ंकृतिक विकास हुन्छ । उत्पादनमुखी क्रान्ति सहकारी संस्था मार्फत नै सम्भव छ ।
कुल जनसंख्याको ६५ प्रतिशत नागरिक कृषि पेशामा रहेको हाम्रो जस्तो विकासन्मुख देशमा सहकारीहरुको ठूलो महत्व छ । यसको महत्वलाई नबुझ्दा वा बुझेर पनि अनुसरण नगर्दा स्वार्थ समुहको सकृयता बढ्दो छ ।
सहकारी उत्थान र विकासका लागि सरकारले वार्षिक वजेट विनियोजन गरेको हुन्छ । उक्त वजेट खर्चको प्रभावकारिता देखिदैन । ठुला ठुला सभा कक्षहरुमा वृहत रुपमा गरिने मन्थनले सहकारी मार्फत प्राप्त गर्न खोजिएको आर्थिक समृद्धि प्राप्त गर्न सकिएको छैन ।
आर्थिक सवलिकरणको निकै आकर्षक भाषणहरु भाषण मै सिमित छन् । तामझामका साथ हुने त्यस्ता कार्यक्रमहरुका कार्यान्वयन पक्ष अत्यन्त कमजोर भएकै कारण सहकारी क्षेत्र उत्थानको लागि गरिएको खर्चले राम्रो परिणाम ल्याउन नसकेको हो ।
संविधानमा नै व्यवस्था गरिएको तीन खम्बे अर्थ नीति अन्र्तगत महत्वपूर्ण क्षेत्र सहकारीले ओगटेको छ । सरकार, निजी क्षेत्रमार्फत समेटन नसकिएका विषय वस्तु सहकारी मार्फत सम्भव भएको छ । सहकारीको मुल मर्म नै समाज हो।
जवसम्म सहकारीहरुका गतिविधिहरु समुदाय केन्द्रित हुदैनन, सहकारी मार्फत समाजको हित हुने काम गर्न सकिदैन । सहकारी समुदाय नभएर व्यापारीक बन्दा यस क्षेत्रमा समस्या छ । अहिले भएकै यस्तै हो ।
यो पछिल्लो समय मैले शहर केन्द्रित र ग्रामिण भेगमा सञ्चालित सहकारी संस्थाहरुलाई राम्रोसँग बुझ्ने मौका पाए । सहकारीको गतिविधिलाई नियाल्दा साच्चिकै सहकारीको मर्म जोगाउने जिम्मेवारी ग्रामिण भेगमा सञ्चालित सहकारीहरुको पोल्टामा परे जस्तै लाग्यो ।
सहकारी संस्थामा आवद्ध सदस्यहरुको सवलीकरणको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणमा मुर्तरुप लिने विश्वास उनिहरुमा छ । यो सत्यलाई कसैले नकार्न सक्दैन ।
लैङ्गिक समानता र सशक्तिकरणका लागि सहकारी राम्रो माध्ययमको रुपमा परिचालित भएका ग्रामिण भेगका सहकारीहरुको गतिविधि अत्यन्त उत्कृष्ट छन । ठूला भाषणमा होईन सहकारीका सिद्धान्त व्यवहार केन्द्रित छन् र समाजले सहकारीको भरपुर लाभ लिईरहेका छन ।
शहर केन्द्रित सहकारी पहुँच वालाको मुठिमा सिमित छ । पहुँच स्वार्थ केन्द्रित हुन्छ । जब सहकारी सदस्य केन्द्रित हुदैन तब समस्या थुप्रिदै जान्छ । समाधानका बाटाहरु झनै साँघुरो बन्दै जान्छन र परिणाम स्वरुप सहकारीमा समस्याहरु देखापर्छन ।
शहरमा रहेर करोडौका कारोबार गर्दै बदनाम भैरहेकालाई मुल मर्म आत्मसाथ गर्दै सञ्चालित ग्रामिण भेगका यि साना सहकारी संस्थाहरुले गिज्याई रहेका छन्।
यहाँ देखेको सहकारी संस्था, जहा शुद्धता छ, पुर्णता छ, आत्मियता छ, आवश्यकता छ, सहकारी प्रति सदस्यहरुको विश्वास छ, कार्यहरु सदस्य केन्द्रित छन । यस्तो सहकारी जहाँ सहकारी संस्थाले सदस्यको आवश्यकताको विषयमा मात्रै सोच्छ ।
सदस्यहरुको माग कसरी पुरा गर्ने भन्ने बारेमा मात्रै कृयाकलापहरु केन्द्रित हुन्छन । सहकारी संस्थाका हरेक विषयमा गहन रुपमा छलफल गरेर मात्रै निर्णय गरिएको हुन्छ र त सहकारी संस्थाबाट बचतकर्ता ठगिमा उजुरी नगन्य मात्रामा छन् ।
सानो तिनो कारोबार लगाएतका विषयमा गहन छलफल पछि वजेट निधारर्ण गरेको छ । सोहि अनुसार कायान्र्वयनमा लगिएको छ । सहकारीले गर्ने हरेक गतिबिधिबाट समुदायका प्रत्येक नागरिक लाभाम्वित छन् ।
स्थानिय रुपमा संचालन भएका सहकारीहरुको नियमन गर्ने जिम्मेवारी पाएको स्थानिय निकायले सहकारी मार्फत नै आफ्ना नागरिकहरुको आर्थिक विकास गर्ने विश्वास गरेको छ र सोही अनुसार नीति नियमहरु निर्देशित छन । जसले सहकारीका काम कारवाही सहज बनाएको छ ।
समान्यतया सहकारी संस्थाहरु बचत तथा ऋण कारोबारमा नै रमाउने गरेका देखिन्छन । तर ग्रमिण क्षेत्रमा सञ्चालित सहकारीहरुको बचत गर्ने शैली बेग्लै छ ।
सहकारीले उत्पादन वृद्धिका लागि आफ्ना सम्पूर्ण कृयाकलाप निर्देशित गर्छ, खर्चमा मितव्यताको लागि मध्यस्तकर्ताको भुमिका निर्वाह गर्छ र बचत गर्न सिकाउछ । यो प्रकृया अत्यन्त व्यवहारिक देखिएको छ ।
सदस्यहरुले ब्याजको लोभमा भन्दा पनि अवसर, आवश्यकता र भविश्यको सुरक्षाको रुपमा बचत गरिहेका छन् । सामाजिक सास्कृतिक क्रियाकलाप गर्ने समयमा अपुग आवश्यक सापटी (कर्जा) आफ्नै संस्थाबाट उपभोग गर्ने परिपाटीले सहकारीलाई जिवन्त राखेका छन् ।
सहकारी संस्थाको हरेक गतिबिधिमा आफ्ना सदस्यहरुको आर्थिक उन्नति केन्द्रित हुनसक्ने छ भन्ने राम्रा उदाहरण यँहा पाइन्छन । शहरमा रहेर करोडौका कारोबार गर्दै बदनाम भैरहेकालाई मुल मर्र्म आत्मसाथ गर्दै सञ्चालित ग्रामिण भेगका यि साना सहकारी संस्थाहरुले गिज्याई रहेका छन् ।
सहकारी ऐन २०७४ दफा ३ ले विषयगत सहकारी संस्था स्थापनाको परिकल्पना गरेको छ । त्यसैलाई सहकारी नियमावली २०७५को नियम ११ मा संघ संस्थाको वर्गिकरण गरेको छ । उत्पादक, उपभोक्ता, बित्तिय, श्रमिक र बहुउद्देश्यीय गरी पाँच भागमा वर्गिकरण गरिएको छ ।
सदस्यहरुलाई बजारिकरण र मूल्य खोज्ने झन्झट भएन भने उत्पादन भएको वस्तुले सहि मूल्य प्राप्त गर्छ भन्नेमा सदस्यहरु ढुक्क भएर काम गर्न सक्ने वातावरण बनेको हुन्छ ।
जहाँ उत्पादक अन्तर्गत कृषि, दुग्ध, चिया, कफी, उखु, जुनार, सुपारी, जडिबुटी, विउविजन, मौरीपालन, तरकारी तथा फलफुल, पशुपन्छी पालन र माछापालन लगायतका उत्पादनमूलक संस्था भनि वर्णन गरेको छ ।
त्यस्तै बहुउद्देश्यीय संस्था अन्र्तगत उत्पादन, उपभोग, बित्तिय र श्रम वा सिपमा आधारित स्वरोजगारका सेवा समेत संचालन गर्ने बहुउद्देश्यीय संस्था भनि वर्गिकरण गरिएको छ ।
विषयगत सहकारी संस्थाहरुले ऐन नियमको परिपालना सहित सदस्यहरुको सम्पूर्ण आवश्यकताहरु परिपुर्तीका लागि सदस्य केन्द्रीत हुनु पर्छ ।
नेपालको सबै भन्दा ठूलो समस्या उत्पादन भएका वस्तुले उचित बजार र मूल्य नपाउनु हो । सहकारीहरुले उत्पादन क्षमता वृद्धिसँगै बजारीकरणको कार्य गर्नु अपरिहार्य छ । यस्तै उद्देश्य अनुसार सहकरीहरुले आफ्ना सदस्यहरुको उत्पादन सामान्य बजार मूल्य भन्दा बढी मूल्यमा खरिद गरि दिने गरेको पाइन्छ ।
त्यसले गर्दा सदस्यहरुलाई बजारिकरण र मूल्य खोज्ने झन्झट भएन भने उत्पादन भएको वस्तुले सहि मूल्य प्राप्त गर्छ भन्नेमा सदस्यहरु ढुक्क भएर काम गर्न सक्ने वातावरण बनेको हुन्छ ।
ग्रामिण भेगका यि विषयगत संस्थाहरुले सहकारीको मर्मलाई राम्रोसँग बचाई राखेका छन । यि सहकारी संस्थाले सदस्यको कृषि कर्मलाई थप उर्जा दिदै सहज जिवन यापन सहित आर्थिक समृद्धि तर्फ डोराएका छन् । भलै ठूलो आर्थिक कारोबार नहोला, सहकारीका हरेक कृयाकलाप सदस्य केन्द्रित छन् ।
यहाँ समाज रुपमान्तरणमा सहकारीको भुमिका महसुस भएको छ । समुदायमा केन्द्रित भएर काम गर्ने भएकाले रुपान्तरण गर्नेशक्ति पनि सहकारीमै हुन्छ ।
सदस्यहरुको लागि आवश्यक वीउ बिजन संकलन, ग्रेडिङ, प्याकेजिङ तथा भण्डारण, खेत जोत्न ट्रयाक्टरको उपलब्धता, मल खादको सहज उपलब्धता, उत्पादित बालिलाई थे्रसर मार्फत प्रसोधन लगायतका कृषिसंग सम्बन्धित सम्पूर्ण कार्यहरुमा सहकारी संस्था केन्द्रित देखिन्छ ।
सहकारी संस्थाका सदस्यहरुको उत्पादन कार्यमा आवश्यक ज्ञान शिपको लागि विभिन्न तालिम सञ्चालित छन । गाँउमा सञ्चालित सहकारी सस्थाहरुलाई अनावश्यक कार्य क्षेत्र विस्तार प्रति चासो छैन । सहकारी केवल संस्थामा आवद्ध सदस्यहरुको जिवन स्तर उकास्नमा नै केन्द्रित छन् ।
सदस्यको आर्थिक प्रगती गुणस्तरीय शिक्षा प्राप्ति मार्फत सम्भव छ भन्ने कुरालाई समेत सहकारी संस्थाले अंगिकार गरेको छ । सहकारी भित्र रहने गरी स्कुल संचालन गरिएको छ । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाईएका छन् । साच्चिकै नमुना सहकारी गाँउमा सञ्चालित छन् ।
तरलता समस्या के हो ? यी बिषयमा सहकारीलाई न चिन्ता न अवरोध, कारोवारमा निर्धक्क भई हरेक क्रियाकलाप संचालित छन । नियमानुसार न्यूनतम् तरलताको सुनिश्चित गरिएको छ । तरलता कमी भएमा व्यवस्थापन गर्न अब्बल व्यवस्थापन छ ।
कुनै बिदेशी तालिम वा बिदेश भ्रमणबाट सिकेकै कारण अब्बल व्यवस्थापन भएको हैन । सहकारीको सामान्य ज्ञान अनि त्यसको अक्षरस पालनाले परिणाम ल्याएको हो । यहाँ संचालक, व्यवस्थापक र सदस्यमा कुनै भिन्नता देखाइदैन । सबैमा संस्था प्रति अपनत्व छ आफ्नोपन छ र साच्चै जिवित सहकारी यहाँ छन् ।
उत्पादनमा जोड दिनपर्ने विषयगत सहकारीहरुले आफ्ना प्रकृती बिर्सेर सम्पूर्ण कारोवार केवल नगद किन बेचमा केन्द्रित छन । यसले सहकारी क्षेत्रलाई सिमित बनाएको छ ।
सहकारी संस्थासंग समन्वय गर्ने हरेक निकाय वा पक्षले सहकारीहरुको बृद्धि र बिकासमा हातमा हात मिलाउनु पर्ने आवश्यकता देखिन्छ । परिणाम स्वरुप न्यून आय भएका ति समाजमा बसोबास गर्ने व्यक्तिहरुको जिवनस्तर उकास्न सकोस ।
देशको संविधानले सुरक्षित गरेको आर्थिक समृद्धिमा सहकारी महत्वपूर्ण खम्बाको रुपमा उभिन सक्षम हुन्छ । अनी मात्र सहकारी क्षेत्रको अविश्वास जरैबाट उखेली निर्मूल पार्न सकिन्छ ।
Leave a comment