हाइलाइट

सहकारीकालागि अभियन्ता की ! दलका कार्यकर्ता

सहकारीकालागि अभियन्ता की ! दलका कार्यकर्ता :: Sahakari Akhabar

हकारी सामाजिक संस्था हो । सामाजिक संस्थामा समाजको हित गर्न आर्थिक कर्मपनि सामाजिक तवरबाटै हुन्छन् । समाजसंग ब्यक्ति, परिवार अनि राष्ट्र जोडिएको हुन्छ । ब्यक्ति, परिवार अनि राष्ट्रका लागि आर्थिक सामाजिक र सास्कृतिक उत्थानको पाटोसँग सहकारीले चासो राख्दछ । जुन सहकारीले गर्ने कर्म पनि हो भनिएको छ ।

त्यसैले यस्ता कर्म गर्न सहकारीको मर्म बुझेको मर्यादित मनुवा सामाजिक अभियन्ता चाहिन्छ । जुन राजनीतिक दलका कार्यकर्ताबाट सम्भव छैन । सामजिक अभियन्ता, जसले सहकारी माध्यामबाट ब्यक्ति, समाज अनि राष्ट्रको हितमा काम गर्छ । दलका कार्यकर्ताले संस्था भन्दापनि ब्यक्तिको फाइदालाई केन्द्रमा राख्ने हुनाले सहकारीमा राजनीति र कार्यकर्ता प्रवेश निषेध भनिएको हुनुपर्छ ।

तर के अहिलेको सहकारी अभियान दलका कार्यकर्ताको भिड र सहकारीका संगठन पार्टीका सम्पर्क कार्यालय जस्ता देखिँदैनन् त ? सहकारीलाई सामाजिक अभियन्ता र सहकारी संघ संस्था मठ मन्दिर जस्तो हुनुपर्ने होइन र ? यही नभएर न सहकारीमा समस्या आएको हो ।

अव पनि हामी सहकारीका लागि अभियन्ता नखोज्ने हो भने र सहकारीलाई सामाजिक संस्था बनाउने तर्फ नसोच्ने हो भने सहकारी, सहकारी रहँदैनन् । सहकारीका साइनबोर्ड भएका वित्तिय संस्था मात्र रहने निश्चित छ। अभियन्ता फेदमा पलाएको जरा जस्तो हुन्छन्, जसले हाँगा पात र फलका लागि सिञ्चित गर्छ, प्रकृया गत अनि प्राकृतिकरुपमा प्रतिफल दिँदै जान्छ र त्यस्तो दिगो पनि हुन्छ ।

दलका कार्यकर्ता सहकारीको लागि टुप्पोमा पलाएको पात जस्तै हो, जराले पानी दिउन्जेलसम्म हरियो हुन्छ, आफ्नो कुनै भूमिका हुदैन र आहार पाउन छाडेपछि सुकेर झर्छ अर्थात दिगो हुन्न । त्यसैले सहकारी संघ संस्थाको नेतृत्व चयन गर्दा अभियानमा योगदान गरेको र जरा हो की पात हो भन्ने पहिचान गरेर चयन गर्नुपर्ने समय आएको हैन र ?

सहकारी विज्ञहरु भन्छन् सहकारीमा समस्या आउदैन र आउनु हुन्न, सहकारीमा समस्या आयो भने, त्यो सहकारी नै हैन । सहकारी समुदायको सामुदायीक संस्था हुनुपर्ने हो । तर यहाँ सहकारी समुदाय र सदस्यको लागि नभएर आफ्नो लागि खोलिए, सहकारीका संघसंस्था राजनीतिक दलले कार्यकर्ता थन्क्याउने ठाँउ बने अनि सहकारीमा समस्या आयो ।

कतै सहकारी अभियन्ता चुन्न पो गल्ती भयो की  ! राजनीतिक दलका कार्यकर्तालाई सहकारीको कुर्सीमा बसाएर सहकारीको उन्नतीको अपेक्षा पो गरियो की ! किन भने आजसम्म कुनैपनि दलले सहकारीलाई प्रथमिकतामा राखेर चुनावी एजेण्डा बनाएको पाइदैन ? कुनै दलले सहकारीलाई प्रथमिकतमा राखेर बजेट बनाएको छैन ? तर सहकारी संघसस्थाको चुनावी मैदानमा राजनीतिक दलको हस्तक्षेप र भागवण्डा जहिल्यै देखिन्छ । सहकारीको चुनावमा दलको दैलो चाहर्ने र दलले चुनेर पठाएकोलाई सहस्र स्विकार्ने गल्ती भइनैरहेको छ ।

दलले टिका लगाएर पठाएकाले दलको लागि हेर्छ, सहकारीलाई हेर्दैन । सहकारीमा समस्या आइहाल्यो भने पनि बोल्दैन, सहकारीबाट लेबी उठाएर संगठनलाई बलियो बनाउन लाग्छ, यही भइरहेको छ । सहकारी संघ संस्थाको चुनाव आयो भने लाम लागेर नेताको दैलो चाहर्ने बाहेक काम भएको छैन ।

त्यसैले दिल दिमागमा सहकारीको चिन्तन भएको, समस्या आउन नदिने आइहाले पनि डटेर नियमसंगत खट्नसक्ने बनावटी अभियन्ता नभएर बास्तविक सहकारी नेता चयन गरौं । न की ! अव सहकारीका समस्यामा सामाजिक संजालमा प्रेस विज्ञप्तिले टार्ने खाले नेताको पुच्छर समाएर नपछुताऔँ ।

दलका कार्यकर्ता त्यसमा पनि झोले कार्यकर्ताले सहकारीमा रजाई गरेकोले ओझेलमा परेको सहकारीको योगदानलाई आम सर्वसाधारण सामु ल्याउन र गुमेको सहकारीको शाखलाई जस्ताको त्यस्तै फर्काउन साँच्चैको अभियन्ताको खाँचो छ ।

उदाहरणीय कर्म गरेको, उदाहरणीय र नमुना संस्थाको प्रतिनिधित्व गरेको, नैतिकवान चरित्र भएको नेतृत्व आवश्यक हैन र ? एउटा नमुना संस्था देखाउन हम्मे पर्ने नेतृत्वको पछि लागेर नैतिकताको प्रश्न आफैमा पनि न तेर्स्याउ ।

केही सहकारी संघ संस्थाको नेतृत्व चयनको समय सँघारमै आएको छ, नेतृत्वले हिजो सहकारी समस्यामा पर्दा लगाएको गुणको नुन तिर्ने बेला आएको छ है । नेतृत्व छान्न हामीले बारम्बार गरेका गल्तीबाट अव त केही सिकौँ । गल्ती फेरीपनि दोहोर्याउने की !



Leave a comment