हाइलाइट

समस्यामा नडगमगाएको लेटाङ साकोस

समस्यामा नडगमगाएको लेटाङ साकोस :: Sahakari Akhabar

चीना थापा, विराटनगर । पछिल्लो समय वित्तिय संगसंगै सहकारी क्षेत्रमा तरलता अभावको समस्या देखिए । अझै पनि समस्याको समाधान भईसकेको छैन् । कतिपय सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने अवस्था देखिएको छ । सहकारी क्षेत्रप्रति सर्वसाधारणको धारणा पनि नकारात्मक बन्दै गएको छ ।

तर, मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारीलाई भने यस्ता समस्या झेल्नुपरेको छैन् । सदस्यले बचत फिर्ता पाईएन, ऋण पाईएन भनेर फर्किनु परेको छैन । एउटा वित्तिय संस्था जसरी चल्नुपर्ने हो सोही अनुसार नियमित सञ्चालन भईरहेको संचालक तथा कर्मचारी दावी गर्छन् । साप्ताहिकरुपमा सहकारीले विभिन्न कायक्रम पनि गरिरहेको छ ।

आफ्नै भवनमा सञ्चालनमा रहेको सहकारीले सदस्य वडापत्र तथा संस्थाका बारेमा प्रशस्त जानकारी राखेर सदस्यलाई सूसुचित गरेको छ । सहकारीले गरिरहेका कामको बारेमा विस्तृत रुपमा सदस्यले जान्न पाउँछन् । सहकारीका शेयर सदस्य नै सहकारीका मालिक हुन भन्ने अनुभूति लेटाङ सहकारीले सदस्यलाई दिएको संस्थाका अध्यक्ष गोपाल बाराकोटीको भनाई छ ।

२०५० सालमा ४० जनाबाट सुरु भएको सहकारी विभिन्न चरण पार गर्दै अहिले कोशी प्रदेशको उत्कृष्ट सहकारीका रुपमा सञ्चालन भईरहेको छ । ‘आधुनिक प्रविधियुक्त सुशासित वित्तीय सेवा मार्फत सदस्यहरुको आर्थिक, सामाजिक जीवनस्तर उकास्ने’ परिकल्पनाका साथ सुरुवात भएको सहकारीले ‘सुन्तुष्ट सदस्य सक्षम साकोस’ भन्ने नारा नै बनाएर काम गरिरहेको छ।

सहकारीको शेयर रकम ५ करोड ७ लाख  ७ हजार ६ सय रुपैया रहेको छ भने सहकारीको बचत ४० करोड ७१ लाख ६० हजार ५९१ रुपैया ८८ पैसा रहेको छ । सहकारीले ४३ करोड ९८ लाख ९० हजार ४७७ रुपैया ६७ पैसा रहेको छ ।

सदस्य केन्द्रित कार्यक्रम

सहकारीले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएर काम गरेको सहकारीका सचिव नरेन्द्रराज घिमिरेले बताए । ‘हामी अनावश्यक हाईफाई गरेर काम गर्दैनौ’, उनले भने, ‘हामी सदस्यलाई फाईदा हुने कामहरु मात्र गर्छौ । सदस्यलाई फाईदा हुने सामाजिक, आर्थिक, साँस्कृतिक लगायतका कार्यक्रममा जोड दिन्छौं ।’

उनका अनुसार सहकारीले सामाजिक सेवाहरुको रुपमा चौरासी खर्च, जेष्ठ सदस्य सम्मान तथा भत्ता, शैक्षिक छात्राबृति, सहकारी शिक्षा तथा तालिम, प्रसुती सुविधा, मृतक राहत खर्च, बार्षिक रक्तदान कार्यक्रम, रेमिटेन्स सेवा सञ्चालन गरिरहेको छ । सहकारीले नवदम्पती स्वागत, सुत्केरी भेटघाट कार्यक्रम पनि सञ्चालन गरिरहेको सचिव घिमिरेले जानकारी दिए ।

सहकारीले बाल बचतकर्ता पुरस्कार देखि विद्यार्थीहरुलाई सम्मान पुरस्कार, उद्यमशील युवा तथा व्यवसायीहरुलाई सम्मान तथा पुरस्कार तथा ऋण सेवा, जेष्ठ सदस्य सम्मान, जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम सहित सदस्यको मृत्यु हुँदा समेत सदस्यको परिवारलाई आर्थिक बोझ नपरोस भनेर राहत कोषको व्यवस्था जस्ता कार्यक्रम पनि निरन्तर गरिरहेको उनले बताए ।

सम्मान तथा पुरस्कार

लेटाङ बचत तथा ऋण सहकारी संस्थाले लगातार तीन बर्षदेखि प्रोवेसन ब्राण्ड प्राप्त गरिरहेको छ । साकोसको संख्यात्मक वृद्धिसँगै गुणात्मक विकास गर्ने उद्देश्यकासाथ पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) मा संस्था सहभागी हुँदैआएको छ ।

त्यसैगरी सहकारीले प्रदेशको उत्कृष्ट सहकारी रुपमा पनि पुरस्कार पाएको छ । नेफस्कूनले २०७९ साल स्थापना दिवसको अवसरमा प्रदेशको बचत तथा ऋण सहकारी मध्ये उत्कृष्ट सहकारी घोषित गर्दै पुरस्कार दिएको हो ।

सहकारीको सफतामा अध्यक्षको अनुभव

२०५० सालमा ३२ सय शेयरपुँजीबाट संस्था सञ्चालन भएको संस्था ५ रुपैया देखि २ सय रुपैयासम्म नियमित बचत गर्ने गरेका थियौं । उ बेला सामुहिक जमानीमा २ हजार रुपैया ऋण लिनको लागि ३ महिना अगाडि निवेदन दिनुपथ्र्यो । ६ महिनामा तिरिसक्नु पथ्र्यो । २०५७ सालसम्म धेरै मान्छे राख्यो भने झगडा हुन्छ, धेरै सदस्य हुँदा संस्था विग्रिन्छ भनेर सदस्य बनाउन पनि कन्जुस गर्यौं ।

धेरै पैसा तिरेर पनि सदस्य बन्न आउनुहुन्थ्यो ।  जिल्ला बचत संघ, नेफ्स्कून लगायतका संस्थाले आयोजना गर्ने तालिम, गोष्ठि, सेमिनार र सहकारी भ्रमणहरुमा सहभागि हुन थाल्यौं । त्यसपछि सदस्य धेरै बनाउँदा संस्था टिकाउ हुने, धेरै समुदायलाई समेट्नुपर्ने लगायतका कुरामा ज्ञान भएपछि हामीले सदस्यता खुल्ला गरेका हौं ।

अहिले हामी नितिगत व्यवस्था अनुसार सुशासित र स्वनियममा सञ्चालित छौं । सुशासनको हिसाबमा, नितिगत हिसाबमा, व्यवस्थापकिए हिसाबमा वित्तिय संरचनाको हिसाबमा हामी अब्बल नै देखिएका छौं । लेटाङमा सबैभन्दा राम्रो संस्थाको रुपमा परिचित छौं, यसलाई हामी कायम राख्नेछौं ।

हामी लेटाङका केही दुर्गम ठाउँमा पुग्न सकेका छैनौं, त्यहाँसम्म पुग्ने कोशीस गरिरहेका छौं । केही समयमा नै हामी सबै क्षेत्रमा पुग्नेछौं । सहकारीले समितिमा बसेका कुनै पनि व्यक्ति तथा परिवारको सदस्यको ऋणको भाका नाध्यो भने राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ ।

सञ्चालक समिति तथा जुनसुकै उपसमितिको हकमा यो कुरा लागु हुनेछ । यदि नदिएमा बैठकको निर्णयबाट हटाउने व्यवस्था गरिएको छ । सञ्चालक समितिले ४९ प्रतिशत भन्दा माथि ऋण लिन नमिल्ने व्यवस्था पनि सहकारीमा छ । खराब ऋण सहकारीमा छैन् ।

सवैले आफनो भूमिका बुझ्नुपर्छ : व्यवस्थापक सीताराम न्यौपाने

पछिल्लो समयमा सहकारीमा विविध समस्या देखिएका छन् । कर्मचारीका कारण पनि समस्या देखिएका छन् भने संचालक समितिको कारण पनि । यसमा मुख्य समस्या के हो भने हामी कसैले पनि आफ्नो जिम्मेवारी के हो भन्ने कुरा बुझेनौं । हामीले हाम्रो जिम्मेवारी मात्र बुझ्न सक्यौं भने कुनै सहकारीमा समस्या आउँदैन । सबैले सबै कुरा जानेको हुँदैन ।

संस्था सञ्चालन गर्नेक्रममा जसले जानेको छ उसले सिकाएर अगाडि बढ्ने हो । संस्थामा न्युनतम पनि स्नातक र स्नातकोत्तर तहका कर्मचारी हुनुहुन्छ । सञ्चालक समिति पनि सहकारी बुझेको हुनुहुन्छ । यसकारणले पनि संस्था सञ्चालनमा कुनै समस्या भएको छैन् । सदस्यको विश्वास जित्नुको मुख्य कारण पनि सदस्य सहकारीको मालिक हुन भन्ने विश्वास सहकारीले दिलाएको छ ।



Leave a comment