झापा । चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशब बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बडाललाई एक लाख रुपैयाँ राशिको राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीका अनुसार आगामी चैत १५ गते संस्थाले आयोजना गर्ने रजत महोत्सव समारोहमा बडाललाई उक्त पुरस्कार तथा सम्मान प्रदान गर्ने छ । संस्थाले सहकारी तथा लघुवित्तका क्षेत्रमा योगदान गरेबापत प्रत्येक दुई वर्षमा प्रदान गर्ने सो पुरस्कार यस पटक केशव बडालाई प्रदान गर्न लागिएको हो ।
Leave a comment