हाइलाइट

बहुउद्देश्यीय सहकारी केन्द्रीय संघले राष्ट्रिय सम्मेलन गर्ने

बहुउद्देश्यीय सहकारी केन्द्रीय संघले राष्ट्रिय सम्मेलन गर्ने :: Sahakari Akhabar


काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले पहिलो पटक सहकारीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । फागुन ३० र चौत्र १ गते होेटल सोल्टी क्राउन प्लाजामा  दुई दिन हुने संघले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । सम्मेलनमा देशभरका बहुउद्देश्यीय सहकारी संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने संघले जनाएको छ ।

संघले ‘बहुउद्देश्यीय सहकारीलाई उद्देश्य अनुरुप अगाडि बढाउनका लागि समस्याको पहिचान गर्न, भावी कार्यदिशा निर्दिष्ट गर्न तथा संघ÷संस्थाहरुको सवल व्यवस्थापन गरी सहकारीमार्फत उत्पादन तथा व्यवसायिक क्रियाकलापमा जोड दिन’ प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन, २०७६ गर्र्न लागेको जनाएको छ ।

 



Leave a comment