हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराले भूकम्पपिडितको राहत र पुर्नव्यवस्थापनकालागि सहयोग एक लाख रुपैंया पुर्याउने निर्णय गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको १०५ औं पूर्ण वैठकले उक्त निर्णय गरेको हो । संस्थाले यसअघि जिल्ला सहकारी समन्वय सञ्जालमार्फत ६८ हजार रुपैया सहयोग गरिसकेको छ । थप रकमका लागि सञ्चालकहरुले दुई पटकको वैैठक भत्ता र कर्मचारीहरुले दुई दिनको तलव थप गर्ने निर्णय गरेको हो । राहतका लागि सबै सदस्यहरुबाट न्यूनतम पन्ध्र रुपंैया सहयोगका लागि आह्वान गरेको छ । संस्थाले स्थापना गरेको दैवीप्रकोप पिडित राहत कोषमा दानपेटिकामार्फत उपलव्ध गराउन अनुरोध गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए । संस्थाले स्थायी रुपमा दैवी प्रकोपपिडित र असहाय राहत कोष र दानपेटिका राख्ने व्यवस्थासमेत मिलाएको उनले बताए ।
हाइलाइट
- सहकारीलाई सम्पत्ति शुद्धीकरणमा विवरण पठाउन एकमहिना समय थप
- कोशी प्रदेशका एक हजारबढी संस्थामा ३४३ को मात्र विवरण अद्यावधिक
- नेफ्स्कूनका बिवादित संचालकको कार्यक्रममा प्राधिकरणका अध्यक्ष प्रमुख अतिथि
- निवर्तमानलाई सेवासुविधा दिन विनियम नै संशोधन
- श्रीनिधि साकोसको १४औं वार्षिक साधारण सभा सम्पन्न
- सहकारी अभियान सुदृढ बनाउन सबैको साझा दायित्व :मन्त्री चौलागाईं
- शुभकामना आयो, राजिनामा आएन
- सबैको साकोसले पायो संचालन इजाजतपत्र
- बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल नियुक्त
- सहकारीको साख सदस्यलेनै फर्काउछन्
Leave a comment