हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराले भूकम्पपिडितको राहत र पुर्नव्यवस्थापनकालागि सहयोग एक लाख रुपैंया पुर्याउने निर्णय गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको १०५ औं पूर्ण वैठकले उक्त निर्णय गरेको हो । संस्थाले यसअघि जिल्ला सहकारी समन्वय सञ्जालमार्फत ६८ हजार रुपैया सहयोग गरिसकेको छ । थप रकमका लागि सञ्चालकहरुले दुई पटकको वैैठक भत्ता र कर्मचारीहरुले दुई दिनको तलव थप गर्ने निर्णय गरेको हो । राहतका लागि सबै सदस्यहरुबाट न्यूनतम पन्ध्र रुपंैया सहयोगका लागि आह्वान गरेको छ । संस्थाले स्थापना गरेको दैवीप्रकोप पिडित राहत कोषमा दानपेटिकामार्फत उपलव्ध गराउन अनुरोध गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए । संस्थाले स्थायी रुपमा दैवी प्रकोपपिडित र असहाय राहत कोष र दानपेटिका राख्ने व्यवस्थासमेत मिलाएको उनले बताए ।
हाइलाइट
- नियामक निकायको निर्देशनहरुलाई अक्षरश पालना गरेका छौंः अध्यक्ष ढकाल
- रोयल सहकारीले कृषि फार्म संचालन गर्ने
- जिल्लाका सांसदमार्फत अध्यादेशको सुझाव बुझाउँदै बचत संघ ललितपुर
- स्तरीकरण कार्यक्रममा आवद्ध सहकारी बैंकभन्दा पनि सुशासनमा चलेका छन्
- सुयोग्य साकोसका सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम
- दक्षिण बाराही महिला साकोसद्धारा सदस्यलाई तिर्थ भ्रमण
- जनहितकारी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न
- सहकारी नेताको दोहोरो चरित्रले गर्दा संसोधन नहुने छाँट
- पोखरामा कोपोमिस तालिम सम्पन्न
- बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव सम्पन्न
Leave a comment