भूकम्पमापरि ज्यान गुमाएका तथा घरबार विहिन परिवारका लागि साना किसान कृषि सहकारी संस्था, डुमरवानाले २ लाख ७१ हजार ८५ रुपैंयाको राहत वितरण गरेको छ । त्यस्तै संस्थाले सदस्यलाई पर्ने समस्या र पीडामा राहत दिनको लागि ‘सदस्य स्वास्थ्य तथा प्राकृतिक प्रकोप राहतकोष’ को स्थापना गरेको छ । सदस्यहरु प्राकृतिक प्रकोप र स्वास्थ्य समस्याबाट पिडित भएको अवस्थामा उद्धार गर्ने हेतुले ५ लाख बराबरको उक्त राहत कोष स्थापना गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।
कोषको बृद्धिकालागि प्रत्येक सदस्यहरुबाट एक सय, संचालक, लेखा, कर्मचारी सबैबाट एकरएक दिनको बैठक भत्ता, पारिश्रमिक तथा तलब बरावरको रकम सहयोगको लागि आग्रह गरिएको उनले बताए । कोषलाई १५ लाखको पुर्याउने र विउ पूँजीबाट कहिल्यै पनि घट्न नदिने लक्ष्य राखिएको अध्यक्ष न्यौपानेले बताए ।
हाइलाइट
- नियामक निकायको निर्देशनहरुलाई अक्षरश पालना गरेका छौंः अध्यक्ष ढकाल
- रोयल सहकारीले कृषि फार्म संचालन गर्ने
- जिल्लाका सांसदमार्फत अध्यादेशको सुझाव बुझाउँदै बचत संघ ललितपुर
- स्तरीकरण कार्यक्रममा आवद्ध सहकारी बैंकभन्दा पनि सुशासनमा चलेका छन्
- सुयोग्य साकोसका सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम
- दक्षिण बाराही महिला साकोसद्धारा सदस्यलाई तिर्थ भ्रमण
- जनहितकारी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न
- सहकारी नेताको दोहोरो चरित्रले गर्दा संसोधन नहुने छाँट
- पोखरामा कोपोमिस तालिम सम्पन्न
- बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव सम्पन्न
Leave a comment