Budol Samudaik Saving & Credit Cooperative

सबल र सुरक्षित संस्था

Sahakari Akhabar

Type: वचत तथा ऋण
State: बाग्मती प्रदेश ३
District: काभ्रेपलाञ्चोक
City: Banepa, Kavre
Address: Budol, banepa Kavre
Email: tukuchasc@busa.org.np
Phone: 011411192
Phone: ------------
Website: http://www.busa.org.np/

बुडोल सामुदायिक साकोस सहकारीको सिद्धान्त र मूल्यमान्यता अनुरुप समुदायमा आधारित भई संचालनमा रहेको प्रारम्भिक सहकारी संस्था हो । यस संस्था २०५० साल कात्तिक २ गते जिल्ला सहकारी कार्यालय काभ्रेमा (दर्ता नं. ०७१/०५०/०५१) दर्ता भई “जनताको छहारी सामुदायिक सहकारी” भन्ने नाराका साथ २०५७ साल माघ महिनाबाट क्रियाशिल भएको सहकारी संस्था हो । प्रारम्भमा ६ जना सदस्यबाट मासिक रु. १००।– बचत गर्दै तत्कालिन बनेपा न.पा. ११ मा केन्द्रित भै सदस्यहरूमा बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले स–साना रकम र थोरै सदस्यहरुबाट शुरुवात भएको संस्था हो । यस संस्थाले सुरुका वर्षहरुमा समुदायमा खासै प्रभाव पार्न नसकेको भएता पनि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र एशियाली ऋण महासंघ (आकु) बाट २०६४ मा संचालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा सहभागिता पश्चात सहकारी क्षेत्रमै आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ । बनेपा, धुलिखेल र पनौती नगरपालिका कार्यक्षेत्र रही संचालनमा रहेको संस्थाले आफ्ना सदस्यहरूलाई सरल र सुलभ रूपमा वित्तीय सेवा तथा आर्थिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सुविधाहरू प्रदान गरिरहेको छ । यस संंस्थाले आफ्नो व्यवसायिकता र छवि निर्माण गर्दै एशियाली ऋण महासंघबाट २०६९ सालमा एक्सेस ब्रोञ्ज ब्राण्ड र २०७२ सालमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरी एक्सेस ब्राण्डलाई निरन्तरता दिन सफल भएको छ । संस्थाले राष्ट्रिय सहकारी महासंघ लि.बाट राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार २०७० र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) बाट नेफ्स्कून सर्वोत्कृष्ट संस्था सम्मान–२०७४ जस्तो गरिमामय पुरस्कार प्राप्त गर्न सफल भएको छ । संस्थाको अग्रगामी विकासमा सहकारी विभाग, नेफ्स्कून, आकु, राष्ट्रिय सहकारी महासंघ लि.को महत्वपूर्ण भूमिका रहनुका साथै राष्ट्रिय सहकारी बैंक लि., जिल्ला सहकारी संघ लि. काभ्रे र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. लगायत वित्तीय सहकारी अभियानका विभिन्न संघ संस्थाहरूबाट नियमित सेवा प्राप्त गर्दै आएको छ ।