सहकारीको संघ छ, विवरण छैन, विभागमा उजुरीको तयारी

सहकारीको संघ छ, विवरण छैन, विभागमा उजुरीको तयारी :: Sahakari Akhabar

सिन्धुपाल्चोक । जिल्लाको अभिभावक संघ निस्कृय हुँदा सिन्धुपाल्चोकको सहकारी अभियान ओझेलमा परेको छ । यहाँ गठन भएका ६ वटा संघमध्ये ५ वटा संघ निश्क्रिय छन् । सिन्धुपाल्चोक जिल्ला सहकारी संघ ११ वर्षदेखि निस्कृय छ संघमा कृष्णभक्त नेपाल २०६७ सालमा निर्वाचित भएका थिए ।

उनी अध्यक्ष भएपछि २०७१ सालपछि साधारण सभा पनि भएको छैन । २०७२ सालको महाभूकम्प पछि त संघको बैठकसमेत बस्न सकेको छैन । राष्ट्रिय सहकारी महासंघले केही समयअघि बागमती प्रदेशका जिल्ला सहकारी संघहरुको अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदन अनुसार सिन्धुपाल्लोचक जिल्ला संघको शेयरपूँजी, बचत, ऋण लगानी, जगेडा कोषको विवरण छैन । त्यसैगरी विषयगत संघ र सदस्यता, उपसमिति, कर्मचारी, बार्षिक योजना तथा रणनीति, कार्यबिधि तथा नीति र भौतिक सम्पति छैन भनि उल्लेख गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला संघ सक्रिय बनाउन महासंघबाट सञ्चालक डीबि बस्नेत सहितको नेतृत्वले पहलगर्दा पनि जिल्ला संघ सिन्धुपाल्चोकका अध्यक्षले रेस्पोन्स गरेनन् । ‘हामीले जिल्ला संघ सिन्धुपाल्चोकका अध्यक्ष कृष्णभक्त नेपाललाई सिन्धुपाल्चोक, काठमाडौं र हेटौडामा बोलाउँदा समेत भेट्न मान्नुभएन ’ उनले भने ।

जिल्ला संघको साधारणसभा तय गर्न महासंघले अध्यक्षलाई चिठी दिएको छ । तर जिल्ला संघका अध्यक्ष कृष्णभक्त नेपालले महासंघको चिठी समेत वेवस्ता गर्दै आएका छन् । महासंघका बाग्मती प्रदेश संयोजक समेत रहेका सञ्चालक बस्नेतले महासंघको पत्रसमेत अध्यक्षले वेवास्ता गरेकाले कानुनी रुपमै विभागमा उजुरी दिएर साधारणसभा गराउन आदेश गराएर भएपनि संघ ब्युँत्याइने तयारी रहेको उनले बताए ।

संघका अध्यक्ष सम्पर्कमा आउन नचाहने, कार्यक्रममा बोलाउँदा पनि नआउने, साधारणसभा पनि नगरेको, निर्वाचनका कार्यक्रम पनि नगरेका कारण जिल्ला संघ पूर्णतया निश्क्रिय रहेको महासंघका सञ्चालक बस्नेत बताउँछन् ।

जिल्ला समन्वय समितिमार्फत जिल्लाभरीका सबै सहकारीलाई बोलाएर भेला डाक्ने तयारी भएपनि गत वर्ष कोभिडका कारण वैशाखमा तय भएको भेला रोकिएको थियो । वैशाखाको तेस्रो हप्ता भेला तय भएपनि वैशाख १६ गतेदेखि कोभिडबाट बच्न सरकारले निषेधाज्ञा जारी गरेपछि भेला रोकिएको थियो । पछिल्लो समयमा कोभिड सहज भएपनि भेलाबारे कसैको चासो पुगेको छैन ।

जिल्ला संघको साधारणसभा तय गर्न महासंघले अध्यक्षलाई चिठी दिएको छ । तर जिल्ला संघका अध्यक्ष कृष्णभक्त नेपालले महासंघको चिठी समेत वेवस्ता गर्दै आएका छन् । महासंघका बाग्मती प्रदेश संयोजक समेत रहेका सञ्चालक बस्नेतले महासंघको पत्रसमेत अध्यक्षले वेवास्ता गरेकाले कानुनी रुपमै विभागमा उजुरी दिएर साधारणसभा गराउन आदेश गराएर भएपनि संघ ब्युँत्याइने तयारी रहेको उनले बताए ।

सिन्धुपाल्चोकका जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, बहुउद्देश्यीय जिल्ला सहकारी संघ, दुग्ध उत्पादक जिल्ला संघ र कृषि जिल्ला सहकारी संघ निश्क्रिय छन् । स्थापना भएका आधादर्जन संघमध्ये कफी जिल्ला सहकारी संघ मात्रै सकृय छ ।

जिल्ला तथा विषयगत संघ निश्क्रिय हुँदा जिल्लाको सहकारी अभियान फस्टाउन सकेको छैन । जिल्लामा ६ सय सहकारी छन् । त्यसमध्ये जिल्ला संघले ११९ वटा सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।




Leave a comment